गृह मन्त्रालयद्वारा ९ जना सहसचिवको सरुवा, ६ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

दियोपोस्ट संवाददाता

काठमाडौँ । गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) स्तरका ९ जना कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको मंसिर ११ (शुक्रबार) गतेको निर्णयानुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ), अध्यागमन विभागका महानिर्देशक तथा मन्त्रालय मातहतका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

मन्त्रालयको निर्णयअनुसार पर्सा, सिन्धुपाल्चोक, रामेछाप, दैलेख, महोत्तरी, प्युठान र सिन्धुली गरी विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको हेरफेर गरिएको हो । जसअन्तर्गत ४ जनाको सरुवा र ५ जनाको पदस्थापन गरिएको छ ।

सरुवा भएका कर्मचारीहरू
मन्त्रालयले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई गृह मन्त्रालय, सिंहदरबारमा सहसचिवको रूपमा सरुवा गरेको छ । उनको स्थानमा गृह मन्त्रालयका सहसचिव एकदेव अधिकारीलाई पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ ।

यसैगरी, अध्यागमन विभाग, कालिकास्थानका महानिर्देशक रामचन्द्र तिवारीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सहसचिवको रूपमा सरुवा गरिएको छ । उनको ठाउँमा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेलाई अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको छ ।

५ जिल्लामा नयाँ सीडीओको पदस्थापन 
मन्त्रालय वा अन्तर्गत कार्यरत रहेका ५ जना सहसचिवहरूलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ । सो अन्तर्गत गिता कुमारी होमेगाईलाई जिल्ला प्रशासन कार्यालय, रामेछापको प्रमुख जिल्ला अधिकारी (रा।प। द्वितीय) मा पदस्थापन गरिएको छ । विरेन्द्र कुमार मिश्रलाई जिल्ला प्रशासन कार्यालय, दैलेखको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।

त्यस्तै बिमल प्रसाद बराललाई जिल्ला प्रशासन कार्यालय, महोत्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । शिव प्रसाद रेग्मीलाई जिल्ला प्रशासन कार्यालय, प्युठानको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ । दीपक लामिछानेलाई जिल्ला प्रशासन कार्यालय, सिन्धुलीको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ ।

सम्बन्धित खबर

सिफारिस

×