जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु

दियोपोस्ट संवाददाता

घोराही । जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया लक्ष्मी माझीको मृत्यु भएको हो ।

ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए । तीनै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गएराति चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आमा सुमित्रा भने उपचारपछि डिस्चार्ज भएकी छन् ।

सिफारिस