दिपके पक्राउ परेपछि भारतमा युवा आन्दोलनको नेतृत्व लिएका अजिन्क्य शिन्दे को हुन् ?

दियोपोस्ट संवाददाता

एजेन्सी- भारतको निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावलीको विशेष गहन पुनरीक्षण  र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै नयाँ दिल्लीमा ककरोच जनता पार्टी (सीजेपी) को आह्वानमा शनिबार विशाल विरोध प्रदर्शन जारि छ।

प्रदर्शनलाई दबाउन दिल्ली प्रहरीले कडा सुरक्षा व्यवस्था लागू गर्दै राजधानीलाई लगभग लकडाउनको अवस्थामा पुर्‍याएको छ भने विपक्षी नेता, अधिकारकर्मी, युट्युबर र सर्वसाधारणसहित सयौँ मानिसहरूलाई नियन्त्रणमा लिएको छ।

विमानस्थलबाटै शीर्ष नेताहरू पक्राउ

शनिबार बिहान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (IGI) विमानस्थलमा उत्रिएलगत्तै सीजेपीका संस्थापक अभिजीत दिपके, सौरभ दास र आशुतोष राङ्कालाई उडान भित्रैबाट दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरूलाई अज्ञात स्थलमा लगेर छुट्टाछुट्टै राखेको छ।

शीर्ष नेतृत्व पक्राउ परेलगत्तै सीजेपीले पूर्व-रेकर्डेड  भिडियो सन्देश जारी गरेको छ। उक्त भिडियोमा अभिजीत दिपकेले भनेका छन्, “हामी हिरासतमा रहेसम्म सीजेपीका राष्ट्रिय संगठन प्रमुख अजिन्क्य शिन्देले जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्नुहुनेछ।”

दिल्ली प्रस्थान गर्नुअघि नै दिपकेले आफू गिरफ्तारी भोग्न तयार रहेको र प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले सुरक्षाको आडमा जनतालाई आन्दोलनमा सहभागी हुनबाट रोक्न खोजेको आरोप लगाएका थिए।

अजिन्क्य शिन्दे को हुन्?

महाराष्ट्रको अलिबागका बासिन्दा शिन्दे आम आदमी पार्टीका पूर्व कार्यकर्ता हुन्, जसले सन् २०१६ को गोवा चुनावका क्रममा पार्टीका लागि प्रचार गरेका थिए र पछि महाराष्ट्रमा काम गरेका थिए। उनले भ्रष्टाचार विरोधी आन्दोलनपछि आपमा आबद्ध हुनुअघि आईटी  क्षेत्रको उच्च तलबको जागिर छाडेका थिए।

कम्प्युटर साइन्समा स्नातक गरेका शिन्देले पुणेस्थित एउटा आईटी कम्पनीमा धेरै वर्ष काम गरेका थिए।

उनी सिजिपे स्थापना भएदेखि नै यसमा आबद्ध छन् र गत जुन र जुलाईमा  निट परीक्षाको प्रश्नपत्र बाहिरिएको विरुद्ध दिल्लीमा भएका विरोध प्रदर्शनहरूमा सहभागी भएका थिए। त्यसयता उनी पार्टीको कोर टोलीको सदस्य बनेका छन् र हाल राष्ट्रिय संगठन इन-चार्जको रूपमा कार्यरत छन्।

सिजिपेले विशेष गहन पुनरीक्षण र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध अक्टोबर १० मा जंतर मंतरमा विरोध प्रदर्शनको आह्वान गरेको छ। बिहानैदेखि मध्य दिल्लीमा जंतर मंतरतर्फ अघि बढ्न खोज्दा २,००० भन्दा बढी मानिसहरूलाई नियन्त्रणमा लिइएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।।

दिल्ली प्रहरीले मध्य दिल्लीमा भारतीय नागरिक सुरक्षा संहिताको धारा १६३  अन्तर्गत निषेधाज्ञा लागू गरिएको र उक्त क्षेत्रमा कतै पनि विरोध प्रदर्शनका लागि अनुमति नदिइएको बताएको छ।

सम्बन्धित खबर

सिफारिस