
काठमाडौँ । बेत्रावतीस्थित फलाकु खोलामाथि एक्रो बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ । नुवाकोट र रसुवाको सिधा सडक सम्पर्क पुनःस्थापित गर्ने उद्देश्यले उक्त एक्रो बेलीब्रिज बाढी आएको ४५ दिनपछि निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीले फलाकु खोलामाथिको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सिधा सडक सम्पर्क विच्छेद भएको थियो ।
बाढीका कारण अवरुद्ध सडक यातायातलाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको बेलीब्रिज सञ्चालनमा आएसँगै उक्त सडकखण्ड भएर आवतजावत गर्ने स्थानीय बासिन्दा, यात्रु तथा सवारीसाधनलाई सहज हुने अपेक्षा गरिएको छ ।
बेलीब्रिज सञ्चालनमा आएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्कमा हुनुका साथै स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज हुने विश्वास गरिएको छ ।