
काठमाडौँ । आज बडादसैँको दोस्रो दिन । ब्रह्मचारिणीको पूजा गरेर मनाइँदैछ । आश्विन नवरात्रको दोस्रो दिन अर्थात् बडा दसैँको दोस्रो दिन सोमबार माता दुर्गाको दोस्रो शक्ति स्वरुप ब्रह्मचारिणीको पूजा गरेर मनाइने चलन छ ।
माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता रहेको छ । आजको दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने चलन रहेको छ ।
ब्रहृम शब्दको अर्थ तपस्या हुन्छ। तपको आराधना गर्ने देवी भनेर यिनलाई ब्रहृमचारिणी भनिएको हो।
यो देवीको दायाँ हातमा जपको माला र बायाँ हातमा कमण्डलु हुन्छ। देवीको उपासना गर्नाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार, संयम बढ्दै जाने उसलाई विजय हात लाग्ने विश्वास गरिन्छ। हिजो अर्थात् दसैँको पहिलो दिन घटस्थापना थियो ।