
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-१, ओख्रेनीबाट कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले गए राति जुवा (कौडा) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-१ का ३९ वर्षीय वीरबहादुर तामाङसमेत सात जना रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट नगद पाँच लाख ५२ हजार ३०० रुपैयाँ र ६३ थान कौडा बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।