नेकपा संयुक्तका नेता डा. विजय पौडेलको हृदयघातबाट निधन

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। हृदयघातका कारण आज उनको निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको हो।

पौडेल नेकपा (एमाले) का तत्कालीन नेता मोदनाथ प्रश्रितका छोरा हुन् । उनी लामो समय एमालेको राजनीतिमा सक्रिय थिए।

एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि पौडेल नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएका थिए । त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए । पौडेल जनता टेलिभिजनका कार्यकारी अधिकृतसमेत भएका थिए।