
काठमााडौँ । हुंकार मधेशले संगठनका २१ वटा विभागका प्रमुखहरूको जिम्मेवारी तोकेको छ । संगठनले मंगलबार पहिलो चरणमा विभिन्न विभागका प्रमुखहरूको जिम्मेवारी निर्धारण गरेको हो ।
संगठनका प्रवक्ता केशवकुमार झाका अनुसार गत असोज ९ गते औपचारिक घोषणा गरिएको हुंकार मधेशले संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभागीय नेतृत्व चयन गरेको छ ।
हुंकार मधेशले विभागीय प्रमुखका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र सम्बन्धित विषयमा विज्ञता हासिल गरेको हुनुपर्ने प्रावधान राखेको थियो । सोही मापदण्डअनुसार योग्य व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गरिएको प्रवक्ता झाले बताए ।
जिम्मेवारी पाएका सबै विभागीय प्रमुखलाई सात दिनभित्र आ-आफ्नो विभागको कार्ययोजना, कार्यविधि तथा सयदिने कार्यक्रमको कार्यसूचीको खाका तयार गरी पेस गर्न निर्देशन दिइएको छ ।
यसअघि हुंकार मधेशले दशैंलगत्तै झापादेखि कञ्चनपुरसम्म सयदिने हुलाकी यात्रा सञ्चालन गर्ने कार्यक्रम तय गरिसकेको छ । उक्त यात्रामार्फत संगठनको गतिविधि विस्तार गर्ने तथा विभिन्न क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद र समन्वय गर्ने योजना रहेको जनाइएको छ ।
यी हुन् हुंकार मधेशका २१ विभागीय प्रमुख
१. संवाद तथा समन्वय विभाग – रामकुमार कश्यप
२. प्रचारप्रसार तथा प्रकाशन विभाग – केशव कुमार
३. संगठन विभाग – कौशलेन्द्र कौशल
४. कानुन तथा न्याय विभाग – रत्नेश्वर सनातनी
५. आईटी तथा कार्यमूल्यांकन विभाग – रोशन कुमार
६. बौद्धिक तथा पेसाकर्मी विभाग – डा.एनएन भारद्वाज
७. आर्थिक विभाग -सचिदानन्द यादव
८. अनुशासन विभाग – श्री राजाराम यादव
९. प्रशिक्षण तथा नीति अनुसन्धान विभाग – मनोहर मानव
१०. सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभाग- कृष्ण कुमार
११. स्वयंसेवी सुरक्षा दस्ता विभाग – उमेश सिंह
१२. युवा तथा विद्यार्थी विभाग – पंकज आनन्द
१३. वैदेशिक रोजगार विभाग – मनिष कुमार
१४. सूचना तथा सञ्चार विभाग – पुष्पा प्रिया
१५. संघीय मामिला विभाग – मधुमाया यादव
१६. शिक्षा तथा संस्कृति विभाग – इन्द्रजित साफी
१७. उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभाग – सन्दीप त्रिपाठी
१८. नागरिकता तथा भूमिहीन समस्या समाधान विभाग – अंगद यादव
१९. कृषि विकास तथा अनुसन्धान विभाग – रामकिशुन नायक
२०. विज्ञान तथा प्रविधि विभाग – प्रो. विजय महासेठ
२१. शहीद तथा घाइते व्यवस्थापन विभाग – मो. युसुफ साफी