
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले कारोबारीलाई नियन्त्रणमा लिने क्रममा दुई राउण्ड हवाई फायर गरेको बताइएको छ ।
प्रहरीले उक्त क्रममा ३०० ग्राम खैरो हेरोइन बरामद गरेको छ । घटनामा एक जना नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन ।