राष्ट्रपतिले जारी गरे वन र भूमि सम्बन्धी दुई अध्यादेश

दियोपोस्ट संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमि सम्बन्धी प्रचलित कानुन संशोधन गर्न बनेका दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार दुई अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन् ।

दुवै अध्यादेश २०८३ साल असोज २७ गते जारी भएका हुन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा अध्यादेशहरूको नाम र जारी मिति उल्लेख गरिएको छ ।