
काठमाडौं – ‘खगेन्द्र सुनारको भनि दाबी गरिएको’ विवादास्पद अडियो प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतको नाम पटकपटक आएको छ।
सार्वजनिक अडियोमा पुरुष आवाजले एक महिलालाई धम्क्याउँदै, पैसा माग्दै र उनलाई महतसँग जोडेर यौनजन्य गालीगलौज गरेको दियोपोष्टले प्राप्त गरेको अडियोमा सुन्न सकिन्छ।
हिजो जनआस्था डटकमले सार्वजनिक गरेको यो अडियोबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले एआईबाट बनाइएको भन्दै खण्डन गरेका छन्। जनआस्थाले आफूसँग चारवटा अडियो भएको दाबी गरेको छ भने दियोपोष्टले ६ मिनेट ४७ सेकेन्ड, १ मिनेट १२ सेकेन्ड र ५९ सेकेन्डका तीनवटा अडियो प्राप्त गरेको छ। आवाज सुनारकै हो कि होइन भन्ने दियोपोष्टले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
अडियोको कुराकानी सुन्दा बागमती प्रदेशकी पूर्वराज्यमन्त्री तथा नुवाकोटकी नेपाली कांग्रेसकी एक महिला नेता र ‘खगेन्द्र सुनार भनि दाबी गरिएका’ पुरुष आवाजबीच प्रकाशशरणको नाम पटकपटक आएको भेटिएको छ।
पुरुष आवाजले धम्कीपूर्ण र लज्जास्पद संवादका क्रममा कांग्रेस नेता प्रकाशशरण महतको नाम पटक-पटक लिएको छ। दोस्रो र तेस्रो अडियोमा महिला र उनका छोरालाई अत्यन्त अपमानजनक शब्दमा गाली गर्दै महतसँग जोडेर सुन्नै नसकिने शब्दहरू तथा यौनजन्य आरोप लगाइएको छ।
तेस्रो अडियो (५९ सेकेन्ड)मा पुरुष आवाजले ‘प्रकाश महत, प्रकाशशरण’ भन्दै महिलाको चरित्रमाथि गम्भीर प्रहार गर्ने अभद्र आरोप पटकपटक दोहोर्याएको छ।
५९ सेकेन्डको अडियो संवादको मुख्य अंश:
५९ सेकेन्डको अडियो संवादको मुख्य अंशस्
पुरुष आवाज: ‘ए…सुनिस् ?’
महिला: ‘हजुर..’
पुरुष आवाज: ‘ए…सुनिस् ?’
महिला :‘हजुर, भनिस्यो न!’
पुरुष आवाज: ‘तेरी…! प्रकाशशरणको…सेर माननीय भाकी…!ए …सुनिस् ?’
महिला :‘सुनेँ…’
पुरुष आवाज: ‘कति चोटी…सिस प्रकाशशरण महतको…? दुनियाँको थुकेर….माननीय…यस्ता…लाई माननीय भन्नुपर्ने? यस्ता….द..नी स….नीहरूलाई माननीय भन्नुपर्ने!….दुनियाँको …तेर, दुनियाँको … सेर.. तँ लाई मैले स्वास्नी बन्न दिन्छु? तँलाई मारेर भए पनि…दिन्छु के मैले! त्यति कुरा बुझ! यत्तिकै रोकिस भलो भो, मारेर भए पनि…’
यस ५९ सेकेन्डको छोटो अडियो अवधिभित्र नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको नाम स्पष्ट रूपमा उच्चारण गरिएको सुन्न सकिन्छ। पुरुष आवाजले महिलालाई सार्वजनिक पद (माननीय) मा पुग्नुको कारण कांग्रेस नेता प्रकाशशरण महतसँगको अनैतिक/यौनजन्य सम्बन्ध रहेको भन्दै गम्भीर चरित्रहत्या गरेको छ। महिलाले महतको नाममा अनैतिक काम गरेर पद हासिल गरेको आरोप लगाउँदै उनलाई अपमानित गर्ने नियतले बारम्बार नेता महतको नाम जोडिएको छ।
पहिलो अडियोमा पनि ‘प्रकाश’ नाम आउने वाक्यमा पुरुष आवाजले महिलालाई ‘कि मर्न तयार हो, कि प्रकाश महतकाे घर जान तयार हाे, कि नुवाकाेट फर्किन तयार हाे’ भन्ने जस्ता विकल्प दिएको सुनिन्छ ।
प्राप्त पहिलो अडियोमा महिलामाथि मात्र नभई उनका नाबालिग/किशोर छोरामाथि समेत कडा धाकधम्की र मानसिक दबाब दिइएको प्रष्ट सुनिन्छ। लगातारको मानसिक तनाव र प्रताडनाका कारण महिलाले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) एकाउन्ट बन्द (डीएक्टिभ) गरेपछि पुरुष आवाजले फोनमार्फत ती किशोरलाई नियन्त्रणमा लिँदै तत्काल एकाउन्ट सुचारु गर्न कडा धम्की दिएको सुनिन्छ।
लज्जास्पद र अभद्र शब्द प्रयोग गरी धम्क्याउने पुरुष आवाजलाई ती किशोरले ‘अंकल’ भन्दै शिष्ट सम्बोधन गरेका छन्। तर, पुरुष आवाजले बालकको मनोवैज्ञानिक अवस्थाको न्यूनतम ख्याल नगरी अमानवीय शैलीमा एकाउन्ट खोल्न जबरजस्ती गरेको सुनिन्छ।
संवादको अंश:
पुरुष आवाज: “फेसबुक एक्टिभेट भयो?”
किशोर आवाज (छोरा): “भएन अंकल।”
पुरुष आवाज: “किन भएन?”
किशोर आवाज: “३० दिनभन्दा बढी भइसक्यो, अनि ३० दिनभन्दा उता…”
पुरुष आवाज (कडा स्वरमा): “मलाई जहाँबाट भए पनि चाहिन्छ! किन गरेको डीएक्टिभेट? किन गरेको?”
किशोर आवाज: “ममीले भन्नुभएको थियो अनि…”
पुरुष आवाज: “हैन हैन, किन गरेको? मलाई एक्टिभेट चाहियो त्यो! एक्टिभेट चाहियो मलाई त्यो! त्यो मलाई एक्टिभेट गरेको हुनुपर्यो फेसबुक! म पुग्ने बेला एक्टिभ भएन भने मैले भन्द्याछु, त्यो फेसबुक एक्टिभेट चाहियो मलाई!”
३० दिन कटिसकेका कारण प्राविधिक रूपमा एकाउन्ट खोल्न नमिल्ने वस्तुस्थितिबारे किशोरले बुझाउन खोज्दा समेत पुरुष आवाजले ‘म पुग्ने बेलासम्म एक्टिभ हुनैपर्ने’ भन्दै धम्क्याउनुले पीडित महिला र उनको परिवारलाई पूर्ण रूपमा नियन्त्रण र ब्ल्याकमेलिङमा राख्ने प्रयास भएको देखिन्छ।
पहिलो अडियो (६ मिनेट ४७ सेकेन्ड) को संवादमा पुरुष आवाजले पीडित महिलालाई हाल बहाल रहेको पदबाट तत्काल राजीनामा दिन र संसदीय दललाई राजीनामा पत्र बुझाउन कडा धम्की दिएको सुनिन्छ। पुरुष आवाजको लगातारको दबाबपछि डराएकी महिलाले “गर्छु” भन्दै स्वीकार गरेकी छन्।
राजनीतिक पदबाट राजीनामा गराउने दबाब लगत्तै पुरुष आवाजले महिलासँग जबरजस्ती आर्थिक असुली (ब्ल्याकमेलिङ) र वैवाहिक/पारिवारिक सम्बन्ध अन्त्य गर्ने सर्त अघि सारेको सुनिन्छ।
संवादको अंश:
पुरुष आवाज: “राजीनामा म आउनुअघि चाहिन्छ! तत्काल पत्र लेखेर तेरो संसदीय दलमा पठा! बुझिस कि बुझिनस?”
महिला: “बुझेँ!”
पुरुष आवाज: “गर्ने कि नगर्ने?”
महिला: “गर्छु।”
पुरुष आवाज: “साँझ मलाई पैसा चाहिन्छ! अनि भोलि तैंले अदालतमा गएर सम्बन्ध विच्छेदको मुद्दा हालेको हुनुपर्छ! अदालतबाट डिभोर्स गर्ने हो! बुझिस कि बुझिनस?”
महिला: “बुझेँ।”
पुरुष आवाज: “साँझ ८ बजे हुन्छ नि पैसा होइन? आज ८ बजे पैसा आउँछ नि होइन?”
महिला (विवश स्वरमा): “हस।”
अडियो संवादका क्रममा पीडित महिलाले आफूमाथि लामो समयदेखि भइरहेको अमानवीय हिंसा, कुटपिट र नाङ्गो भिडियो बनाएर गरिएको ब्ल्याकमेलिङको पीडा व्यक्त गरेकी छन्। पैसा नदिए पिट्ने र दिए पनि प्रताडित गरिरहने अवस्थाबारे उनले आफ्नो विवशता पोखेकी छन्।
महिला (रुँदै): “बूढी भन्ने, सधैँ कुट्ने, पिट्ने! टर्चर दिने, मार्छु भन्ने! काट्छु भन्ने! नाङ्गो भिडियो बनाउने! दुनियाँ रेकर्ड गर्ने! त्यस्तो गर्न हुन्छ भनिस्यो त? कहिलेसम्म सहने? अनि हजुर पैसा ले भनिसिन्छ, पैसा दिन्छु भन्दा पनि हुँदैन! पैसा ले भन्दा नाइँ भनेसी त्यसै पिटीसिन्छ!”
पुरुष आवाज: “ओइ मा…आज पैसा आउँछ नि होइन?”
महिला: “हजुरलाई पैसै चाहिया हो त?”
पुरुष आवाज: “अँ, मलाई पैसा चाहिया हो! साँझ आउँछ होइन त?”
महिला: “हजुरलाई पैसै चाहिया भए, हस, साँझ रेडी गर्छु म जसरी भए पनि!”
रकमको माग सुनिश्चित गरेपछि पुरुष आवाजले महिलालाई तीन वटा विकल्प दिँदै गम्भीर हिंसात्मक धम्की दिएको सुनिन्छ। त्यस क्रममा पुरुष आवाजले पुनः नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको नाम जोड्दै घरमा आगो लगाउनेसम्मको धम्की दिएको छ।
पुरुष आवाज:“कि मर्न तयार हो, कि प्रकाशशरणको घर जान तयार हो, कि नुवाकोट फर्किन तयार हो। तैंले आज बहुत ठूलो कुरा गरिस है मसँग? अब हेर साँझ तेरो घरमा कसरी आगो लगाइदिन्छु!”
अझ मानवीय संवेदनाको न्यूनतम सीमासमेत नाघ्दै ती पुरुषले ‘हिरोको आमालाई, हिरोइनलाई बलात्कार गर्दा भिलेनलाई जस्तो आनन्द आउँछ नि, त्यस्तै भइराछ’ भन्ने जस्ता अत्यन्त आपत्तिजनक र हिंसात्मक अभिव्यक्ति दिएका छन्। पैसाको मागसँगै पुरुष आवाज खलनायक जसरी गलल्ल हाँसेको अंश पनि अडियोमा प्रष्ट सुनिन्छ।
दियोपोष्टलाई प्राप्त यीअडियोहरूको अध्ययन तथा विश्लेषण गर्दा; घटनाक्रमसँग जोडिएका केही गम्भीर तथ्य र आयामहरू देखा परेका छन्। अडियोमा पुरुष आवाजले महिलालाई बारम्बार ‘माननीय’ भन्दै अपमानजनक ढङ्गले व्यङ्ग्य गरेको छ, जसले पीडित महिला बागमती प्रदेशकी माननीय भएको संकेत गर्दछ। यसैगरी, संवादका क्रममा ‘अदालत जाने’, ‘सम्बन्ध विच्छेद गर्ने’ र ‘डिभोर्सको मुद्दा हाल्ने’ जस्ता शब्दहरू पटक-पटक दोहोरिएकाले अडियोमा सुनिएका पुरुष र महिलाबीच पहिले पारिवारिक, वैवाहिक वा व्यक्तिगत सम्बन्ध रहेको बलियो सङ्केत मिल्छ।
यस अडियो प्रकरणको अर्को गम्भीर पाटो पैसाको बार्गेनिङ गर्ने, मानसिक यातना दिने र डिभोर्सका लागि दबाब दिने सम्पूर्ण घटनाक्रमको बीचमा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतको नाम बारम्बार जोडिनु हो। सम्बन्ध विच्छेद र रकम असुलीको सर्त अघि सारिँदै गर्दा महतको नाम ल्याइनुले ती पीडित महिला र नेता महतसँग जोडिएको प्रसङ्ग नै यो सिङ्गो विवादको मुख्य कारक बनेको देखिन्छ।
यद्यपि, अडियोमा पुरुष आवाजले कांग्रेस नेता प्रकाशशरण महतलाई तानेर गम्भीर आरोपहरू लगाएको स्पष्ट भए तापनि ती महिला र महतबीच वास्तविक रूपमा कस्तो किसिमको सम्बन्ध थियो वा थिएन भन्ने कुराको दियोपोष्ट स्वतन्त्र पुष्टि गर्न असमर्थ छ। पुरुष आवाजले महतको नाम कुन नियत, सन्दर्भ वा स्वार्थका आधारमा लिएको हो भन्ने प्रश्न अझै अनुत्तरित नै छ। प्राप्त अडियोको कुनै पनि अंशमा पीडित महिला स्वयंले नेता महतसँग कुनै अनैतिक वा अस्वाभाविक सम्बन्ध रहेको स्वीकार गरेकी छैनन्, न त त्यसलाई पुष्टि गर्ने कुनै आधार वा प्रमाण नै अडियो संवादमा सुन्न सकिन्छ।
सुनारले मंगलबार तराईको अज्ञात स्थानबाट भिडियो सन्देश जारी गर्दै अडियो एआईबाट बनाइएको र कुनै ‘काल्पनिक महिला’सँग जोडिएको दाबी गरे। भिडियो सन्देश जारी गर्दै उनले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध आवाज उठाएका कारण आफूमाथि निरन्तर षड्यन्त्र र प्रहार भइरहेको बताएका छन्। उनले रास्वपा र सरकारलाई छानबिन गर्न अनुरोध गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएका छन्।
रास्वपाले केन्द्रीय अनुशासन समितिलाई छानबिनको निर्देशन दिएको छ र उनलाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन भनेको छ। सुनारले अडियो नक्कली भनेपनि यसको प्राविधिक परीक्षण आवश्यक देखिन्छ। सांसद सुनारले अडियो पूर्णतया एआई निर्मित र नक्कली भएको दाबी गरे तापनि प्रविधि विज्ञहरूले भने एआई (कृत्रिम बुद्धिमत्ता) को प्राविधिक सीमाका कारण यति धेरै अश्लील, अमानवीय गालीगलौज र प्रत्युत्पन्न शैलीको संवाद सिर्जना हुन गाह्रो हुने टिप्पणी गरेका छन्।
खगेन्द्र सुनारको हो वा होइन भनी आधिकारिक रूपमा पुष्टि भइनसकेको यो अडियो प्रकरणमा एक महिला राजनीतिज्ञमाथि गम्भीर मानसिक, शारीरिक तथा लैङ्गिक हिंसा, ब्ल्याकमेलिङ र चरित्रहत्या भने भएको देखिन्छ। साथै, यस संवादमा कांग्रेस नेता प्रकाशशरण महतको शंकास्पद कनेक्सन र नाम बारम्बार जोडिनुले घटनालाई थप शंकास्पद बनाएको छ।
यस प्रकरणले केही अत्यन्त संवेदनशील प्रश्नहरू उठाएको छ। अडियोमा सुनिएको आवाज साँच्चै सांसद सुनारकै हो कि होइन ? पुरुष आवाजले पटक-पटक कांग्रेस नेता प्रकाशशरण महतकै नाम किन र कुन नियत वा स्वार्थका आधारमा लियो? पीडित महिलाले भनेअनुसार उनलाई कुटपिट गर्ने, नाङ्गो भिडियो बनाएर डर देखाउने र आर्थिक असुली (ब्ल्याकमेलिङ) गर्ने काम भएको हो भने दोषीमाथि के-कस्तो कानुनी कारबाही हुन्छ? अनि, राजनीतिक र सामाजिक प्रताडनाको सिकार भएकी पीडित महिलाको सुरक्षा, न्याय र पहिचानको गोपनीयता कसरी सुनिश्चित हुन्छ? यी संवेदनशील प्रश्नहरूको उत्तर नेपाल प्रहरी, राज्यका सम्बन्धित निकाय, पार्टीको छानबिन समिति र प्राविधिक फोरेंसिक परीक्षणले तत्काल दिनुपर्ने देखिन्छ।
यस्ता संवेदनशील प्रश्नहरूको उत्तर नेपाल प्रहरी, राज्यका निकाय, सम्बन्धित पार्टीको छानबिन समिति र प्राविधिक परीक्षणले तत्काल दिनुपर्ने देखिन्छ।
(अडियोमा अत्यधिक अश्लील, यौनजन्य, हिंसात्मक र अमानवीय शब्दहरू प्रयोग भएकाले पत्रकारिताको आचारसंहिता र लैङ्गिक संवेदनशीलतालाई ध्यानमा राखी दियोपोष्टले ती अशोभनीय शब्दहरू * चिन्हसहित प्रकाशित गरेको छ।)
अडियो सुन्नुहोस्: