सन्दीप लामिछानेको विराटनगर टाइटन्स धनगढीसंग ७८ रनले पराजित

दियो पोस्ट  

काठमाडौँ, कात्तिक ११ । पोखरामा जारी पोखरा प्रिमियर लिगको चोथो खेलमा विराटनगरलाई पराजित गर्दै धनगढी विजयी भएको छ । आईतबार पोखरा रंगशालामा विहान साँढे नौ बजेबाट भएको खेलमा चर्चित बलर सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्स ७८ रनले पराजित भएको हो ।

टस जितेर फिल्डिङ रोजेको धनगढीले निर्धारित २० ओभर बलिङ गर्दै १८३ रनको लक्ष्य पाएको थियो । धनगढीका लागि पिटर डेविड ट्रेगाले अर्धसतक बनाएका छन् । उनले ३८ बलमा ४ छक्का २ चौकासहित ५३ रन बनाएका थिए । त्यस्तै सौरभ खनालले १३ बलमा ५ छक्का २ चौकासहित ४१ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरिले १९ बलमा १ छक्का र ४ चौकासहित २९ रन बनाएका छन् । अन्य ब्याट्सम्यानहरुले सामान्य प्रदर्शन गरेका
थिए ।

विराटनगरका लागि जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए भने सन्दीप लामिछाने , किशोर महतो, जाइद खान र सुनिल धमलाले एक एक विकेट लिए । ब्याटिङतर्फ विराटनगरका लागि सुनिल धमलाले २१ रन, एन्ड्रयु शुबिक्सनले १८ रन, कप्तान सन्दीप लामिछानेले १० रन बनाए । ब्याटिङमा राम्रो प्रदर्शन गर्न चुकेको विराटनगरविरुद्ध धनगढीका डान लरेन्सले ३ र दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए । निर्धारित २० ओभरमध्य विराटनगर १६.४ ओभर खेल्दै १०४ रनमा समेटिएको हो । आईतबारकै दोस्रो खेलमा सोमपाल कामिको कप्तानीमा रहेको बुटवल र शरद भेष्वाकरको कप्तानीमा रहेको पोखराबिच खेल जारी भइरहेको छ ।