बालुवा व्यापारीबाट सांसद, मन्त्री र पत्रकारसम्मले दशैं खर्च लिएको लिस्टको पर्दाफास् (माइन्युटसहित)

दियो पोस्ट  

दियोपोस्ट संवाददाता

धादिङ, १२ कात्तिक । धादिङका क्रसर बालुवा उद्योगी व्यापारीले दशैंको अवसरमा मन्त्री, सांसद र पत्रकारसम्मलाई दशैँ खर्च वितरण गरेको विषयमा निकै रहस्यमा रहेको माइन्युट दियोपोस्टले फेला पारेको छ ।

सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको ‘लिस्ट काण्डले यतिबेला देशभर तरंग ल्याएको छ ।

दियोपोस्टले फेला पारेको लिस्टमा प्रदेश ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जम्मकट्टेल, सोही क्षेत्रका सांसद भूमि त्रिपाठी, धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरीले समेत दशैंक खर्च लिएको उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

धादिङका सांसद भूमि त्रिपाठीले भने,‘आरोप पुष्ठि भए सांसद पद र जीवनबाट राजिनामा दिन्छु’

बालुवा तस्करले पत्रकारदेखि मन्त्रीसम्मलाई पैसा बाँढेको विषयमा अनुसन्धान गर्दै धादिङका सिडिओ र एसपी

बालुवा तस्करसँग कसले लिए कत्ति ? विवादमा तानिए पत्रकारदेखि नेता र मन्त्रीसमेत !

माइन्युटमा लेखिए अनुसार २०७५ को दशैंको अवसरमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले १५ लाख दशैं खर्च बुझेका छन् ।

त्यस्तै सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठीले १० लाख, सिडिओले ५ लाख, डिएसपीलाई ५ लाख, गजुरी प्रहरी १ लाख, ट्राफिक प्रहरी एक लाख, १० जना पत्रकारलाई ५ लाख, बैरेनी प्रहरी ५० हजार, महादेववेशी प्रहरी ५० हजार, महादेववेशी युनिट, ५० हजार, खानीखोला प्रहरी ५० हजार, डिजेल सहित अन्य गरेर ४७ लाख रुपैयाँ लिएको उल्लेख गरिएको छ ।

माइन्युटमा आम्दानी ४५ लाख भएको र खर्च भने ४७ लाख रुपैयाँ भएको उल्लेख गरिएको छ । माइन्युट अनुसार बालुवा व्यापारी देवराजलाई २ लाख तिर्न बाँकी रहेको समेत उल्लेख गरिएको छ ।

५ वटा क्रसर तथा बालुवा खानीबाट पैसा नउठेको कारण उनीहरुलाई भने बन्द गराउनु पर्ने माइन्युटमा उल्लेख गरिएको छ ।

माइन्युटको विषयमा सामाजिक सञ्जालमा चर्चा परिचर्चा सँगै प्रश्न उठेपछि धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अनुसन्धान थालेका छन् । उनले उक्त माइन्युटको आधिकारिकता बारे अध्ययन गर्न प्रहरीलाई समेत निर्देशन दिएका छन् ।

प्रदेश तीनका आन्तरिक मामिला मन्त्री शालिकराम जम्मकट्टेलले अफबाहा यस विषयमा यसअघि नै प्रतिक्रिया दिँदै आफूलाई भन्दा पनि बालुवा उद्योगीलाई थाहा भएको र आफूलाई केही थाहा नभएको बताएका थिए ।

प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठीले आरोप पुष्टि भए जीवनबाटै राजिनामा दिने भन्दै दियोपोस्टको यसअघिको समाचार खण्डन गरिसकेका छन् ।

TATA ADD

सिफारिस