काठमाडौं महानगरका मेयर शाक्यलाई डेँगू, उपचारका लागि अस्पताल भर्ना

काठमाडौं महानगरका मेयर शाक्यलाई डेँगू, उपचारका लागि अस्पताल भर्ना

काठमाडौं,असोज १६ । काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई उपचारका लागि अस्पतालमा भर्ना भएका छन् ।

मेयर शाक्यलाई ज्वरो देखा परेपछि बिहीबार बिहान १०:३० बजे त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा भर्ना गरिएको हो । उनलाई डा.खगेन्द्र बहादुर श्रेष्ठको समुहले उपचार गरिरहेको र सामान्य ज्वरो भएता पनि रिपोर्टमा डेँगू पोजेटिभ देखिएको स्रोतले जनाएका छन् ।

उनि बिरामी भएता पनि मेयर सचिवालयले शाक्यको स्वास्थ्यको बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

Trending News