काजक्रियामै बसेर मत माग्दै गजेन्द्र थपलिया : ‘निर्वाचनपछि तपाईंको गाउँटोलमा आउनेछु’

दियो पोस्ट  

काठमाडौं । आगामी मंसिर चार गते हुने प्रदेश तथा संघीय निर्वाचनका लागि दलहरु चुनावी प्रचार प्रसारमा छन् । आफ्नो चुनावी चिन्ह र आकर्षक नारासहित दलका नेताहरु आ–आफ्नो पक्षमा मत मागिरहेका छन् । निर्वाचन आयोगले कार्तिक १८ गतेबाट घरदैलो र प्रचार प्रसारको म्याद तोकेको छ । तर, निर्वाचन आयोगलेको म्याद मित्रै एक उम्मेदवारलाई भने शोक परेको छ । नेकपा एमालेका तर्फबाट धादिङ निर्वाचन क्षेत्र एक प्रदेश ख बाट उम्मेदवार बनेका ईन्जिनियर गजेन्द्र थपलियालाई शोक परेको हो । उनले सेतो वस्त्र लगाएको तस्विर राखेरै भोट मागेका छन् ।

उनका पिता शिव प्रसाद थपलियाको निधन भएपछि उनी आशोच बारेर बसेका छन् । ‘म इन्जिनियर गजेन्द्रप्रसाद थपलिया धादिङ क्षेत्र नम्बर १ को प्रदेश २ मा मङ्ग्सिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेको तर्फ बाट उमेद्वार भएको र निर्वाचन आचार सहिता अनुसार यहि कार्तिक १८ गतेबाट चुनाब प्रचार र घरदैलो कार्यक्रम गर्न पाउने समय तोकेको अबस्थामा मेरो पिता शिव प्रसाद थपलिया को असामयिक निधान भएकोले आशोच बारेर शोकमा रहेको कुरा जानकारी गराउन चाहान्छु,’ थपलियाले सामाजिक सञ्जालमा लेखेका छन्,‘म मेरो निर्वाचन क्षेत्र सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउकापालिका भित्रको मातदाताको घर आगनमा भौतिक रुपले उपस्थित भएर मत माग्न आउन नसके पनि निर्वाचन पछाडी तपाईहरुको घर आगन र टोल बस्तीमा आउने कुराको जानकरी गराउन चाहन्छ ु। सुर्य चुनाब चिन्हमा मतदान गरी धादिङको जनता र भुगोल को जनप्रतिनिधि भई सेवा गर्ने अवसर प्रदान गरिदिनु हुन हार्दिक अपिल गर्दछु ।’
उनी नेकपा माओवादी र नेपाली कांग्रेस गठबन्धनका उम्मेदवार तथा वागमती प्रदेशका आर्थिक् मामिला मन्त्री शालिकराम जमकट्टेलसँग प्रतिष्पर्धामा छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विकास विज्ञको रुपमा समेत नियुक्त भएका उनी एमाले निकट बुद्धिजिवी परिषदका महासचिव हुन् ।

सिफारिस