काठमाडौं । सरकारले जाजरकोट र रूकुम पश्चिममा पाँच–पाँच करोड रूपैयाँ पठाउने भएको छ।
आज सरकारका विभिन्न सरोकारवाला निकायहरूसँगको छलफलपछि गृहमन्त्रालयले यो निर्णय गरेको हो।
बैठकले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम जाजरकोट र रूकुम पश्चिमको जिल्ला विपद व्यवस्थापन कोषमा पाँच–पाँच करोड रूपैयाँ पठाउने निर्णय गरेको हो।
उक्त रकम राष्ट्रय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनबाट पठाइनेछ।
यस्तै प्राथमिक राहत व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री सुर्खेत, नेपालगञ्ज र काठमाडौंमा रहेका भण्डारणबाट भूकम्प प्रभावित जिल्लाको आवश्यकताका आधारमा पठाइने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ।
कर्णालीको जाजरकोट र रूकुम पश्चिममा गएरातिको भूकम्पले ठूलो जनधनको क्षति गरेको छ।