काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जना व्यक्तिको हत्या गर्ने धम्की दिने गिरोहबारेको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरको छ । जिल्ला प्रहरी परिसरले घटनाको अनुसन्धान गरिरहेको छ । यो घटनाको अनुसन्धानमा काठमाडौं प्रहरीका प्रमुख एसएसपी रमेश थापा आफै संलग्न छन् । तर, थापाले यो प्रकरणमा मुछिएका केही व्यक्तिहरुलाई भने सामान्य सोधपुछ गरेर उन्मुक्ति दिएको पाइएको छ ।
यो गिरोहसँग प्रत्यक्ष जोडिएका नागरिक उडयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदिप अधिकारीसँग सम्बन्धित भारतीय धर्मगुरु र काठमाडौंबाट प्रकाशित एक अनलाइनका संचालकलाई भने प्रहरीले उन्मुक्ति दिइएको स्रोतले जनाएको छ ।
नागरिक उडयन प्राधिकरणका तत्कालिन महानिर्देशक अधिकारीले आफ्नो भ्रष्टाचार मुद्दा रोक्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई लगायतलाई धम्की दिनका लागि भारतीय विश्नोई समुहलाई समेत परिचालन गरेका थिए । विश्नोई समुहसँग प्रत्यक्ष जोडिएका प्रकाश पाठकले राईसहितलाई १० दिन भित्र राजिनामा नदिए ज्यान लिने धम्की दिएका थिए । धम्की दिने पाठकले दियोपोस्ट डटकमको अफिसियल ह्वाट्स एप नम्बरमा अख्तियारकै ईमेलमा पठाएको धम्कीको पत्रसहित समाचार दिएका थिए । उक्त समाचार दियोपोस्टले पहिलो पटक प्रकाशन गरेको थियो । समाचार प्रकाशित भएपछि राष्ट्रिय अनुसन्धान विभाग र अख्तियारकै उच्च अधिकारीहरुलाई दियोपोस्टले धम्की दिने गिरोहबाट आएको सुचनाको विवरण समेत दिएको थियो ।
तर, उक्त सुचनालाई संकलन गरि अनुसन्धानमा खटिनुपर्ने प्रहरीलाई दुरुपयोग गरि काठमाडौं प्रहरी प्रमुख थापाले दियोपोस्टकर्मीलाई नै पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले आफूले नभई काठमाडौं प्रहरीले दियोपोस्टको कार्यालयमा प्रहरी पठाएको बताउँदै आएका छन् । विशेषगरी थापाका सहोदर दाई रामेश्वर थापाले किर्ते र ठगी गरेको विषयमा दियोपोस्टले लामो समयदेखि रिपोर्टिङ गर्दै आएको प्रतिशोधमा उनले दियोपोस्टकर्मी विरुद्ध नै प्रहरी परिचालन गर्दै आएका छन् । केही दिन अघि काठमाडौं प्रहरीबाटै बयानका लागि भन्दै दियोपोस्टकर्मीलाई फोन आएको थियो । तर,प्रकाशित समाचार पुष्टि भई धम्की दिने व्यक्ति नै पक्राउ परिसकेकाले प्रकाशित समाचार गलत भए प्रेस काउन्सिलमा उजुरी गर्न दियोपोस्टले अनुरोध गरेको थियो । तर, काठमाडौं प्रहरीले पटक पटक दियोपोस्टमाथि प्रतिशोध साँध्ने कोशिस गरिरहेको प्रहरीले धम्की र अपराधमा संलग्नताको प्रमाण भेटिएपनि सुटुक्क रिहा गरेको छ । कतिपयको मोबाइल प्रहरीको विधि विज्ञान प्रयोगशालामा नपठाई सुटुक्क अभियुक्तहरुलाई नै बुझाइएको पाइएको छ ।
प्रदिप अधिकारीको तर्फबाट भारतीय तान्त्रिक साराई किनेरा भनिने जगदम्बे गुरु मार्फत अख्तियार प्रमुख आयुक्तको फोटो पठाएर ‘वह दुष्ट आद्मीको नष्ट करना चाहिए’ भन्दै म्यासेज पठाएका थिए । यसरी म्यासेज पठाउने कार्यमा संलग्न रहेका प्रमोद सेढाइँको मोबाइल प्रहरीले सुटुक्क छाडेको छ भने सेढाईलाई पनि कुनै अभियोजनको तयारी गरिएको छैन ।
अधिकारी र सेढाइँकै निर्देशनमा प्रमुख आयुक्त राई लगायतको प्रतिमा बनाएर आगोमा जलाई जप गरेको भिडियो समेत प्रहरीले फेला पारेको थियो । आज प्रकाशित नयाँ पत्रिकाको समाचार अनुसार ती तान्त्रिक बाबालाई सामानय सोधपुछ मात्रै गरेर प्रहरीले हाजिरी जमानीमा छोडेको छ । स्रोतका अनुसार ती बाबालाई छोड्नका लागि प्रहरीका उच्च अधिकारीको समेत संलग्नता छ ।
अख्तियारका ‘प्रमुख आयुक्तले १० दिनमा राजिनामा नदिए हत्या गर्ने’ उग्रवादी संगठनको धम्की (पत्रसहित)
प्रेम राईको हत्या गर्ने धम्की दिने उग्रवादी संगठन प्रमुख प्रकाश पाठक पक्राउ
अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !
तक्मा पाउने सुचीमा विवादास्पद मिडिया मालिक रामेश्वर थापाका दाजु भाई नै
अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापा विरुद्ध कास्की प्रहरीमा ठगीको जाहेरी दर्ता ! (जाहेरीसहित)
‘फरार अभियुक्त’ : रामेश्वर थापा, लक्ष्मी पौडेल र निरज श्रेष्ठलाई कास्की प्रहरीले किन पक्रन सकेन ?
मिडिया मालिक रामेश्वर थापालाई कूरीकूरी गरिरहेको आफ्नै पत्रिकाको त्यो समाचार शिर्षक !
दियोपोस्ट प्रभाव : हेलिकोप्टर प्रवेश पास दुरुपयोग गरेको भन्दै रामेश्वर थापाको पास रद्द !
‘फेक रेस्क्यु’मा सिम्रीक एयरका मालिक रामेश्वर थापा पनि मुछिए : २ पर्यटक उद्दार बापत १ करोड २२ लाख !
मालिक रामेश्वर थापा र सम्पादकको ज्यादतीपछि अन्नपूर्ण पोस्टका २८ पत्रकारद्वारा राजिनामा