‘फेक रेस्क्यु’मा सिम्रीक एयरका मालिक रामेश्वर थापा पनि मुछिए : २ पर्यटक उद्दार बापत १ करोड २२ लाख !

दियो पोस्ट  

काठमाडौं, ३ फागुन । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटक विरामी हुँदा गरिने उद्दारमा भइरहेको ठगीधन्दाबारे राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा यतिबेला समाचार छाइरहेको छ । विरामी पर्यटक उद्दारमा नेपालका केही ठूला व्यापारीहरुले चर्को शुल्क विमा मार्फत अशुलेपछि यो विषय सार्वजनिक भएको थियो ।

9N-AKF helicopter owned by Simrik Air


पर्यटक उद्दारमा हुने ठगी धन्दामा चर्चित मिडिया उद्यमी, अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष, सिम्रिक एअरलाइन्सका अध्यक्ष तथा हेलिकोप्टर सोसाइटि अफ नेपालका अध्यक्ष रामेश्वर थापाको कम्पनि समेत समलग्न रहेको पाइएको छ ।


थापाको स्वामित्वमा रहेको सिम्रिक एयरको हेलिकोप्टरले २ जना पर्यटक उद्दार गर्दा १ करोड २२ लाख भन्दा बढी बिमा दाबी गरेको बिल दियोपोस्टले फेला पारेको छ । उक्त बिलमा जनाइए अनुसार अन्य १८ जना नेपालीको उद्दार रकम समेत विदेशीबाट भराइएको छ । जसमा एक लाख ८ हजार अमेरिकी डलर दाबी गरिएको छ ।


सन् २०१६ मे १६ मा जारी भएको उक्त बिलमा दुई पर्यटकलाई लङलाइन रेस्क्यु गर्न दुई वटा हेलिकोप्टर प्रयोग गरिएको भन्दै चर्को शुल्क बिमा दाबी गरिएको बिल दियोपोस्टले फेला पारेको छ ।


मुस्ताङ र मनाङको सिमानामा पर्ने सरिबुङ हिमाल अरोहण गर्न गएका दुई जर्मनी नागरिक हिमाल अरोहण गरेर दक्षिणी आधार शिविरमा फर्कने क्रममा हावाहुरी आएपछि हराएका थिए । त्यतिबेला काठमाडौंबाट उडेको सिम्रिक एयरको हेलिकोप्टरले लामो उद्दार गरेको थियो ।


पर्यटन मन्त्री रविन्द्र अधिकारीको निर्देशनमा मन्त्रालयका सहसचिव घनश्याम उपाध्यय नेतृत्वको उच्च स्तरिय कार्यादल गठन गरेको थियो । कार्यदलले १० वटा हेलिकोप्टर कम्पनिको विवरण माग गरेको थियो । त्यस क्रममा सिम्रिक एयरको पनि विवरण माग गरीएको भएपनि कारबाहीको लागि भने नागरिक उडयन प्राधिकरणलाई नै जिम्मा लगाइएको थियो ।


सिम्रिकका महाप्रवन्धक भन्छन्,‘म कागज हेरेर मात्रै भन्नसक्छु’


सिम्रिक एअरका महाप्रवन्धक प्रेम थापाले आफूले कागज हेरेर मात्रै प्रतिक्रिया दिनसक्ने बताए ।


‘त्यो समयमा म थिइन । म नयाँ हो । सामान्यतया ४०/५० हजार डलरको हुनुपर्ने हो । त्यति धेरै त थिएन होला,’ उनले भने,‘म भोली कागज हेरेर मात्रै भन्न सक्छु । बजारमा यस्तो बिल थुप्रै हुन्छन् ।’

रामेश्वर थापाको झूट वक्तव्य


केही दिनअघि राजधानीको अल्फा बिटामा आयोजित पत्रकार सम्मेलनका क्रममा हेलिकोप्टर सोसाइटिका अध्यक्ष रामेश्वर थापाले ‘हेलिकोप्टर अपरेटर फेक रेस्क्युमा समलग्न हुनै नसक्ने बताउँदै आफू चोखिएका थिए ।

तर, दियोपोस्टले उनकै स्वामित्व रहेको सिम्रिक एयरको यस्तो रसिद फोला पारेपछि भने उनको झूटको पोल खुलेको छ ।

सिफारिस