हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

दियोपोस्ट संवाददाता

काठमाडौँ । हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु हुम्लाको थेहे आसपास रहेको उनले जानकारी दिएका छन् । भूकम्पको धक्का हुम्ला तथा आसपासका क्षेत्रमा महसुस भएको हुन सक्ने भए पनि त्यसको प्रभाव र क्षतिबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले रिक्टर स्केलमा ४ म्याग्निच्युडभन्दा माथिका भूकम्पको विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

नेपाल भूकम्पीय जोखिमको दृष्टिले संवेदनशील हिमालय क्षेत्रमा अवस्थित छ । भारतीय र युरेसियन भूगर्भीय प्लेटबीचको निरन्तर अन्तरक्रियाका कारण नेपालमा समय-समयमा साना तथा ठूला भूकम्प जाने गरेका छन् ।

 

सम्बन्धित खबर

सिफारिस