मिडिया मालिक रामेश्वर थापालाई कूरीकूरी गरिरहेको आफ्नै पत्रिकाको त्यो समाचार शिर्षक !

दियो पोस्ट  

काठमाडौं, ६ वैशाख । शुक्रबार राजधानीबाट प्रकाशित हुने एक दैनिक पत्रिकाले समाचार छाप्यो,‘भूमाफियाको महाबिगबिगी’ । समाचारको यो शिर्षक उक्त दैनिक पत्रिकाले छापेको देखेपछि एक वरिष्ठ पत्रकार अचम्म मानिरहेका छन् । उनलाई आश्चर्य छ– उक्त दैनिक पत्रिकाकै मालिक तथा विभिन्न पेशा व्यावसायमा आवद्ध रामेश्वर थापा नै ठूला भूमाफिया हुन् ।


थापाद्वारा प्रकाशित दैनिक पत्रिकाले ‘अरुलाई भूमाफिया’ लेखिरहँदा आफ्नै मालिकले केही महिना पोखराका शिव प्रसाद वास्तोलालाई नककली भौचर देखाएर २० करोड मुल्यको जग्गा हत्याएको प्रमाणबारे फेरी यतिबेला चर्चा हुन थालेको छ ।


‘जो चोर उसैको ठूलो स्वर भन्ने नेपाली उखान मलाई यतिबेला याद आइरहेको छ,’ ती पत्रकार भन्छन्,‘एउटा चोरले अर्को मान्छेलाई चोर भन्नु र रामेश्वर थापाद्वारा सञ्चालित मिडियाले अरुलाई औँला ठड्याउनु उस्तै हो । किन भने उहाँ आफै भूमाफिया हो ।’


पोखराका बाँस्तोलाकै नामको जग्गा अर्को बैँकमा राखेर करोडौँ रुपैयाँ कर्जा लिउर बाँस्तोलका श्रीमानश्रीमतीका नाउँमा अरु बैँकमा भएको कर्जा तिरेर आफ्नो एक रुपैयाँ पनि खर्च नगरि बाँस्तोलाकै सम्पत्ती बैंकमा धितो राखेर बाँस्तोलाकै नाउँमा भएका सीमित कर्जा तिरेर फोकटमै बाँस्तोलाको जग्गा आफ्नो नाउँमा नामसारी गराएका थिए ।

उक्त घटनामा मुलुकको दुई विकास बैंकको मिलेमतोमा मिडिया मालिकले नक्कली भौचर दिएर करोडौँको जग्गा आफ्नो नाममा पारेको पाइएको थियो । सो काण्डमा कैलाश विकास बैँकपनि मुछिएको थियो ।

राजधानीमा मुख्य कार्यालय रहेको देवः विकास बैंक र कैलाश विकास बैंकको मिलोमतोमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले पोखराका शिव प्रसाद बास्तोलाको २० करोड मुल्य पर्ने जग्गा आफ्नो नाममा पारेका थिए ।

उनीहरुले नक्कली भौचर देखाएर एक वाणिज्य बैंकबाट ११ करोड रुपैयाँ ऋण समेत लिएका थिए ।

गण्डकी प्रदेश कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका स्थायी घर भएका बास्तोलाले बेगनास ताल किनारको उक्त जग्गा अन्नपूर्ण मिडिया नेटवर्कको नाममा रामेश्वर थापाले ठगी गरेको बताएका छन् । उक्त जग्गा पोखराकै एक सहकारीमा दृष्टिबन्धकी राखिएको थियो । थापाकै उपस्थितिमा गत आश्विन १७ गते बुधबार बसेको अन्नपूर्ण ब्रोडकास्टिङ प्रालिको बैठकले कम्पनिको नाममा जग्गा खरिद गर्ने निर्णय गरेको थियो ।

‘यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लिले आफ्नो व्यावसायी विस्तारको क्रममा आवश्यक पर्ने जग्गा खरिद गर्नका लागि विभिन्न ठाउँमा फिल्ड भिजिट तथा सम्भाव्यता अध्ययन पश्चात श्रीमति गिता श्रेष्ठ तथा श्री शिव प्रसाद बास्तोलाको नाममा पोखारा लेखनाथ महानगरपालिका वडा नं. ३१ मा रहेको कित्ता नम्बर ४६६,४६७, १२८६, १२८७, १२८९, १४७५, १४७७, १४७८, १७४३, १८७४, २३३३, २३३५, २३३६, २३३७, २८४९, २८५०, २८५१ र २८५२ का जग्गाहरु यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीको नाममा (टेलिभिजन सब स्टेशन) बनाउन जम्मा रु ११ ०००००००) एघार करोड रुपैयाँमा खरिद गर्ने निर्णय सर्वसम्मतले पारित गरियो ,’ बैठकको निर्णयमा भनिएको छ,‘यस कम्पनिको तर्फबाट सो कागजातमा हस्ताक्षेर गर्न यस कम्पनिको कर्मचारी श्री निरज श्रेष्ठलाई अख्तियारी दिने निर्णय सर्वसम्मतले पारित गरियो ।’

यो पनि:-

मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !

‘फेक रेस्क्यु’मा सिम्रीक एयरका मालिक रामेश्वर थापा पनि मुछिए : २ पर्यटक उद्दार बापत १ करोड २२ लाख !

अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !