काठमाडौं । हेलिकोप्टरको पास दुरुपयोग भएको विषयमा दियोपापेस्ट डटकमले समाचार प्रकाशन गरेपछि नियामक निकाय नागरिक उडयन प्राधिकरणले कारबाही अघि बढाएको छ । हेलिकोप्टर कम्पनिमा सेयर किने जस्तो गरेर तस्करी गर्दै आएका केही शंकाष्पद व्यापारीले विवादास्पद धन्दा गर्दै आएका थिए । सोही विषयमा दियोपोस्टले केही महिना अघि पास दुरुपयोग भएको समाचार प्रकाशन गरेको थियो ।
प्राधिकरणले अहिले हेलिकोप्टरको पाइलट, आवश्यक कर्मचारी बाहेक कम्पनिका सेयर सदस्यहरुको प्रवेश पास रद्द गरेको छ । प्रवेश पास रद्द हुनेहरुमा सिम्रिक एयरका मालिक रामेश्वर थापा समेत रहेको खुलेको छ ।
नागरिक उडयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भूलले आवश्यक कर्मचारीलाई मात्रै पास दिने व्यवस्था गर्न निर्देश दिएको बताए । ‘हामीले आवश्यक कर्मचारीलाई मात्रै पास दिने व्यवस्था गर्न निर्देशन दिएका छौँ । सेयर किनेर व्यावसायीक आचरण बाहिरको गतिविधि गर्ने गरेको गुनासोको आधारमा महानिर्देशकको निर्देशनको आधारमा यो भएको हो,’ प्रवक्ता भूलले भने,‘सबै विवरण निर्देशनमै रहेको छ ।’
विमानस्थलमा ‘फेक रेस्क्यु दलाल’को विगविगी : दलालको हातमा प्राधिकरणको सरकारी पास !