तक्मा पाउने सुचीमा विवादास्पद मिडिया मालिक रामेश्वर थापाका दाजु भाई नै

दियो पोस्ट  

काठमाडौं, सरकारले संविधान दिवसको अवसरमा ९ सय भन्दा बढी व्यक्तिलाई विभिन्न मान पदवीबाट विभुषित गर्ने सुची सार्वजनिक गरेपछि सामाजिक सञ्जाल रंगिएको छ । पदक पाउनेहरु मध्य केहीले बधाई तथा शुभकामना पाएर सामाजिक सञ्जालमा खुसी व्यक्त गरेका छन् । केही लेखक तथा पत्रकारले पदक बहिष्कार गरिदिएका छन् । पदक पाउनेमा साढे २ अर्ब विद्युत महशुल नतिर्नेदेखि नेताका आफन्त र नातागोताको जालो नै छ । एक मिडिया घरानामा भने दाजु भाईलाई नै मान पदवी दिएको पाइएको छ ।

त्यस्ता व्यक्ति हुन्– रामेश्वर थापा । मिडियाको आवरणमा विवादास्पद धन्दा गर्दै आएका उनलाई सरकारले सुकृतिमय राष्ट्रदिपबाट विभुषित गर्ने भएको छ । अन्नपूर्ण मिडिया नेटवर्क तथा एपिवान टेलिभिजनका मालिक रहेका उनी विविन्न अन्य धन्दामा समेत समलग्न छन् । उनी जग्गादेखि हवाई क्षेत्रमा समेत व्यापारिक साम्राज्य खडा गर्न लागेका व्यक्ति हुन् । उनीमाथि ठगीको मुद्दा समेत चलेको थियो । उनै थापाले आफ्नो सञ्चार माध्यममा कार्यरत पत्रकारलाई तलबै नदिई निष्काशन गरेका थिए । गत वैशाखमा पत्रिका बन्द हुने भन्दै २८ जना पत्रकारलाई एकै साथ जागिरबाट निकालेका थापाले अन्तत पत्रिका चलाइरहेका छन् ।

भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई तत्कालिन केपी ओलीलाई भेटाउन उनैले चाँजो पाँजो मिलाएका थिए । त्यति मात्रै होइन नेपाल भ्रमणमा आएका भारतीय पत्रकार सुधिर चौधरीलाई हेलिकोप्टर मार्फत सगरमाथा क्षेत्रमा अवैध रुपमा पुर्याउने काम पनि उनै थापाले गरेका थिए । सुधिर चौधरीले सगरमाथा क्षेत्रमा गएर सगरमाथामा भारतले पनि दाबी गर्नुपर्ने विवादास्पद रिपोर्ट बनाएका थिए ।

सरकारले रामेश्वरका भाई रमेश थापालाई पनि विभुषण गर्ने भएको छ । हाल नेपाल प्रहरीको एसपी (प्रहरी उपरिक्षक) रहेका उनी कास्कीका प्रहरी प्रमुख छन् ।

उनी तत्कालिन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको सचिवालयमा रहँदा दाई रामेश्वर थापामाथि ठगी मुद्दा दर्ता भएको थियो । ५ करोड २५ लाखको किर्ते भौचर दिएर पोखराका व्यावसायी शिव प्रसाद वास्तोलाको बेगनास ताल छेउको ३६ रोपनी जग्गा ठगी गरेको उनीमाथि आरोप थियो । थापाले एपिवान टेलिभिजनको प्रादेशिक स्टेसन बनाउन भन्दै उक्त जग्गा पास गराएका थिए ।

पीडितले प्रहरीमा जाहेरी दिएपछि तत्कालिन कास्की प्रहरी प्रमुख दान बहादुर कार्कीलाई खनालको सचिवालयमा रहेका भाई एसपी रमेश थापाले दबाव दिएर पीडितलाई थुनाउन सफल भएका थिए । उनै थापा दाजु भाईलाई देउवा सरकारले पदक दिएको हो । उनलाई देउवा सरकारले किर्तिमय राष्ट्रदिपबाट विभुषित गर्ने भएको हो ।

सम्बन्धित खबर

ट्रेन्डिङ