मालिक रामेश्वर थापा र सम्पादकको ज्यादतीपछि अन्नपूर्ण पोस्टका २८ पत्रकारद्वारा राजिनामा

दियो पोस्ट

काठमाडौं, ५ चैत्र । विभिन्न पेशा व्यावसायमा आवद्ध मिडिया मालिक रामेश्वर थापाद्वारा सञ्चालित अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारले समुहिक राजिनामा दिएका छन् ।


केही वर्षअघि अन्नपूर्ण पोस्ट दैनिकको सम्पादक भएका अखण्ड भण्डारी समेतले राजिनामा दिन दबाव दिएको राजिनामा दिने पत्रकारहरुले जनाएका छन् । उनीहरुले दशैंदेखि हालसम्म तलब भत्ता समेत नपाएको खुलाशा भएको छ ।

माथिको निर्देशन भन्दै सम्पादक अखण्ड भण्डारीले पत्रकारहरुलाई राजिनामा दिन दबाव दिँदै आएको सामुहिक राजिनामा पत्रमा उल्लेख छ ।

राजिनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे रहेका छन् । उनीहरुले दबाव स्वरुप सामुहिक राजिनामा दिएको बताएका छन् ।


यस्तो छ राजिनामा पत्र

 

 

सम्बन्धित खबर

सिफारिस