‘फरार अभियुक्त’ : रामेश्वर थापा, लक्ष्मी पौडेल र निरज श्रेष्ठलाई कास्की प्रहरीले किन पक्रन सकेन ?

दियो पोस्ट  

काठमाडौं, १८ मंसिर । नेपाली जनमानसमा सानालाई ऐन ठूलालाई चैन भन्ने उक्ती निकै लोकप्रीय छ । खास गरी सर्वसाधरण र साना मान्छेलाई कानुन लाग्ने तर ठूला अभियुक्त भने नियम र कानुनलाई धज्जी उडाउँदा समेत सम्बन्धित निकाय कानमा तेल हालेर सत्ने गरेकाले यो उखान निकै चलेको हुनुपर्छ ।

तर, प्रहरीले केही दिनयता ठूला भनिएका केही भिआइपी अभियुक्तलाई पक्राउ गरेर आफ्नो पौरख देखाइदिएको छ । भिआइपी अभियुक्त पक्राउ गरेर वाहवाही भएको प्रहरीले एक अभियुक्तलाई भने पक्राउ गर्नुको साटो खुलमखुल्ला संरक्षण गरिरहेको पाइएको छ ।


प्रहरीमा ठगी, विश्वास घात र अपराधको जाहेरी दर्ता भएपछि प्रहरीले फरारको सुचीमा राखेको अन्नपूर्ण ब्रोडकाष्ट मिडियाका मालिक रामेश्वर थापा लगायत अन्य अभियुक्त पक्राउ गर्न कास्की प्रहरीले आनाकानी गरेको पाइएको छ । ठगीको जाहेरी दर्ता भएको तीन महिनासम्म प्रहरीले अभियुक्तलाई पक्राउ गर्नुको साटो संरक्षण गरिरहेको पाइएको छ ।


पोखराका शिव प्रसाद वास्तोलाले गत असोज १३ गते जिल्ला सरकारी वकिल कार्यालय कास्की मार्फत कास्की जिल्ला प्रहरी कार्यालयमा अन्नपूर्ण ब्रोडकाष्ट मिडियाका मालिक रामेश्वर थापा, प्रबन्ध निर्देशक लक्ष्मि प्रसाद पौड्याल, प्रश्नरत्न बज्राचार्य, अन्नपूर्णकै कर्मचारी निरज श्रेष्ठ र देव विकास बैंकका पोखरा शाखा कार्यालय विरुद्ध जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयको जाहेरी अनुसार प्रहरीले २ दिनपछि असोज १५ गते जाहेरी दर्ता गरेको थियो ।


जाहेरी दर्ता भएपछि प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर कारबाही गर्नुको सट्टा प्रहरी उपरिक्षक एसपी दान बहादुर कार्कीले कास्की प्रहरी कार्यालय भित्रै ठगीका अभियुक्त लक्ष्मि प्रसाद पौडेल र पीडित शिव प्रसाद वास्तोलाबीच वार्ता गराएका थिए ।


उनीहरुबीचको वार्ता नमिले पछि कास्की प्रहरीले थापा, पौडेल लगायत अभियुक्तलाई फरारको सुचीमा राखेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो । प्रहरीको फरार सुचीमा रहेका रामेश्वर थापा केही दिन अघिसम्म अमेरिकामा थिए । तर, हालै दियोपोस्टले प्राप्त गरेको सुचना अनुसार उनी राजधानीमै छन् ।

मंगलबार थापा अन्नपूर्ण ब्रोडकाष्ट मिडियाको तिनकुने स्थित कार्यालयमा समेत पुगेको भएपनि उनलाई प्रहरीले पक्राउ गर्न भने सकेको छैन । थापाका भाई रमेश थापा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत छन् । उनै थापाले आफ्ना दाजु रामेश्वर थापालाई जोगाउन स्वच्छ छवि बनाएका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको सचिवालयको दुरुपयोग गरेको स्रोतको आरोप छ ।


यता फरार सुचीमा रहेका अर्का अभियुक्त तथा अन्नपूर्ण ब्रोडकाष्ट मिडियाका प्रबन्ध निर्देशक पौड्याल भने दरबारमार्ग स्थित एक कफि सपका केही दिनअघि भेटिएका थिए । उनलाई पनि पक्राउ गर्न प्रहरीले सकिरहेको छैन । खाली चेक दिने अन्नपूर्ण ब्रोडकाष्ट मिडियाका कर्मचारी निरज श्रेष्ठ पनि खुलमखुल्ला हिँडीरहेका छन् ।

श्रेष्ठले पीडित वास्तोलालाई ५ करोड २५ लाखको भौचर दिएका थिए । उक्त भौचरकै आधारमा पोखराका शिव प्रसाद वास्तोलाले अन्नपूर्ण ब्रोडकाष्ट मिडियाका नाममा पोखराको बेगनास ताल किनारको ३७ रोपनी ७ आना जग्गा पास गरिदिएका थिए । तर उक्त भौचर अनुसार बैंक खातामा जम्मा हुनुपर्ने ५ करोड २५ लाख रुपैयाँ जम्मा नभएपछि उनी आफू ठगिएको भन्दै विभिन्न निकाय पुगेका थिए ।


के थियो ठगीकाण्ड ?

अन्नपूर्ण पोष्टका मालिक रामेश्वर थापा विरुद्ध कास्की प्रहरीमा ठगीको जाहेरी दर्ता ! (जाहेरीसहित)

अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !

रामेश्वर थापाले किर्ते भौचर देखाएर ‘हत्याए’को जग्गामा प्रभु बैंकको करोडौं ऋण : आर्थिक अपराधमा प्रभु बैंक !