रामेश्वर थापाले किर्ते भौचर देखाएर ‘हत्याए’को जग्गामा प्रभु बैंकको करोडौं ऋण : आर्थिक अपराधमा प्रभु बैंक !

दियो पोस्ट  

काठमाडौं,१० वैशाख । किर्ते भौचर देखाएर ठगी गरिएको जग्गा देखाएर एक मिडिया मालिकले मुलुककै प्रतिष्ठित भनिएको प्रभु बैंकबाट १० करोड २० लाख बराबरको ऋण लिएको खुलाशा भएको छ ।


अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले पोखराका शिव प्रसाद बास्तोलाको २० करोड मुल्य पर्ने जग्गा किर्ते भौचर देखाएर हत्याएका थिए । सोही जग्गा राखेर प्रभु बैंकले ऋण दिएको पाइएको छ ।


प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको मिलेमतोमा थापाले १० करोड २० लाख करोड रुपैयाँ ऋण लिएको पाइएको हो ।

गण्डकी प्रदेश कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका स्थायी घर भएका बास्तोलाले बेगनास ताल किनारको उक्त जग्गा अन्नपूर्ण मिडिया नेटवर्कको नाममा रामेश्वर थापाले बताउँदै आएका छन् । उनले यस विषयमा विभिन्न निकायमा उजुरी समेत दिएका छन् ।


थापाकै उपस्थितिमा गत आश्विन १७ गते बुधबार बसेको अन्नपूर्ण ब्रोडकास्टिङ प्रालिको बैठकले कम्पनिको नाममा जग्गा खरिद गर्ने निर्णय गरेको थियो ।


अन्नपूर्ण मिडिया प्रा.लीका अध्यक्ष क्याप्टेन रामेश्वर थापा


‘यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लिले आफ्नो व्यावसायी विस्तारको क्रममा आवश्यक पर्ने जग्गा खरिद गर्नका लागि विभिन्न ठाउँमा फिल्ड भिजिट तथा सम्भाव्यता अध्ययन पश्चात श्रीमति गिता श्रेष्ठ तथा श्री शिव प्रसाद बास्तोलाको नाममा पोखारा लेखनाथ महानगरपालिका वडा नं. ३१ मा रहेको कित्ता नम्बर ४६६,४६७, १२८६, १२८७, १२८९, १४७५, १४७७, १४७८, १७४३, १८७४, २३३३, २३३५, २३३६, २३३७, २८४९, २८५०, २८५१ र २८५२ का जग्गाहरु यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीको नाममा (टेलिभिजन सब स्टेशन) बनाउन जम्मा रु ११ ०००००००) एघार करोड रुपैयाँमा खरिद गर्ने निर्णय सर्वसम्मतले पारित गरियो ,’ बैठकको निर्णयमा भनिएको छ,‘यस कम्पनिको तर्फबाट सो कागजातमा हस्ताक्षेर गर्न यस कम्पनिको कर्मचारी श्री निरज श्रेष्ठलाई अख्तियारी दिने निर्णय सर्वसम्मतले पारित गरियो ।’


सोही बुँदामा ११ करोडमा किनिएको जग्गा राखेर १० करोड २० लाख रुपैयाँ ऋण लिने निर्णय गरेको उल्लेख गरिएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशाेक शेरचन


‘साथै सो जग्गा दृष्टि बन्धक राखि प्रभु बैंक लिमिटेडसँग रु १०,२०००००० (रुपैयाँ १० करोड २० लाख रुपैयाँ मात्र) कर्जाको लागि अनुरोध गर्ने निर्णय समेत सर्वसम्मतले गरियो,’ निर्णयमा भनिएको छ,‘यस कम्पनीका कर्मचारी श्री निरज श्रेष्ठलाई अक्तियारी दिने निर्णय सर्वसम्मत पारित गरियो ।’
यता प्रभु बैंककै क्रेडिट विभागमा कार्यरत एक कर्मचारीले यसरी ऋण दिन नमिल्ने बताए ।


प्रभु बैंकका अध्यक्ष देवी भट्टचन


‘बैंकले जतिमा किनेको जग्गा हो त्यति नै लगानी गर्न मिल्दैन । यो के आधारमा यस्तो भयो,’ बैंकका एक अधिकारी भन्छन्,‘सायद ठूलै सेटिङमा यस्तो भयो होला ।’

यो पनि पढ्नुहोस्

अन्नपूर्ण मिडियाका मालिकको ‘ठगीधन्दा’ : नक्कली भौचर देखाएर करोडौँको जग्गा ‘कब्जा’ !


स्रोतका अनुसार अन्नपूर्ण मिडिया प्रा.लीका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, प्रभु बैंकका अध्यक्ष देवी भट्टचन र प्रमुख कार्यकारी अधिकृत सिइओ अशोक शेरचनको मिलेमतोमा यस्तो कारोबार भएको हो । अन्नपूर्णको सबै कारोबार प्रभु बैंकबाट हुने गरेको छ ।

पोखराका पीडित शिव प्रसाद वास्तोला आफ्नो जग्गा बेच्न होइन केही समयका लागि दिएको बताए ।
‘जग्गा नै बेच्ने सम्झौता भएको होइन । यो जग्गा बेच्दा त्यतिबेलाको बजार भाउ नै १८ देखि २० करोडको हाराहारीमा थियो,’ बास्तोलाले भने,‘जग्गा फुकुवा गर्ने भएपछि त्यति ठूलो मिडिया चलाउने मान्छेसँग अरु पनि कारोबार हुन्छ भनेर दिएँ । बैंकहरुले मलाई बदमासी गरे ।’


जग्गा पास हुनुअघि नै थापाले निरज श्रेष्ठ मार्फत ५ करोड १० लाख मात्रै दिए । बास्तोलाले पाउनुपर्ने ५ करोड ९० लाख थियो । तर, त्यो रकम दिनुको सट्टा बैंकसँगको मिलेमतोमा नक्कली भौचर दिए । सोही भौचरको विश्वासमा बास्तोलाले अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीको नाममा जग्गा पास गरिदिए ।


‘जग्गा पास भएपछि निरज श्रेष्ठ मालपोत कार्यालयबाटै भागे,’ बास्तोलाले भने ।


दियोपोस्टलाई प्राप्त भौचर अनुसार २०७५ कार्तिक २० गते शिव प्रसाद बास्तोलाको नाममा देव : विकास बैंक पोखरा शाखामा रहेको खाता नम्बर १०११३२०१४५७००२ मा अन्नपूर्ण ब्रोडकास्टको तर्फबाट निरज श्रेष्ठले प्राईम बैंकको ०००३४३१५१७२१०१ नम्बरको चेक मार्फत १ करोड ४० लाख रुपैयाँ रकम जम्मा गरिदिएको देखिन्छ । त्यस्तै गीता श्रेष्ठको नाममा रहेको देव विकास बैंकको खाता नम्बर १०११३२००१११००५ नम्बरमा अन्नपूर्ण ब्रोडकास्टिङ मिडिया प्रा.लीका तर्फबाट निरज श्रेष्ठले प्राईम कमर्सियल बैंकको चेक नम्बर ०००३४३१५१६२१०१ को ३ करोड ८५ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । यो भौचरबाट पनि गीताको खातामा एक रुपैयाँ पनि पाईनन् । यी त सबै रामेश्वर थापाको ठगी गर्ने चालपो रहेछ ।

मिडिया मालिकको डरलाग्दो ‘ठगीकाण्ड’ : बैंकको सेटिङमा यसरी भयो अर्बौंको जहाज ‘कब्जा’ !


यसरी नक्कली भौचार देखाएर हत्याइएको जग्गा राखेर प्रभु बैंकले करोडौँ रकम ऋण दिएपछि प्रभु बैंकमाथि छानबीन हुनुपर्ने माग बढेको छ ।


यसअघि प्रभु बैंककै उच्च अधिकारीको मिलेमतोमा रामेश्वर थापाले अग्नि एयर लिलामीमा सस्तोमा आफैले सकारेर महँगोमा बेचेका थिए ।