काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाइटमा सार्वजनिक भएको विवरण अनुसार उनको १ सय ९० तोला सुन, १ करोड ४६ लाख रुपैयाँ नगदसहित केही जग्गा समेत रहेको पाइएको छ । काठमाडौंमा ५ आना जग्गा र धनुषामा पैतृक ९ विघा जग्गा रहेको उल्लेख छ । त्यस्तै फेसबुक र युटुवबाट शाहले १ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको देखाइएको छ ।