काठमाडौं । कर्णाली प्रदेश सरकारले सबै मन्त्रालयको एकीकृत सेवा एउटै परिसरबाट दिनेगरी अघि सारेको एउटा भवनको ठेक्कामा ठूलो चलखेल भएको पाइएको छ ।
प्रदेश सरकारका आठ वटै मन्त्रालयलाई एउटै परिसरबाट सञ्चालन गर्न पूर्वाधार निर्माण गरिने भनि गत जेठमा भएको भवनको ठेक्काको लागत अनुमान बढाउनेदेखि बोलपत्रमा समेत सेटिङ भएको पाइएको हो । शुरुमा यसको अनुमानित लागत ५१ करोड रुपैयाँ थियो । तर, प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्री शेरबहादुर बुढाले ठेकेदारकै सेटिङमा लागत अनुमान बढाएर ४ अर्ब ६८ करोड पुर्याइएको छ । डिपिआर अनुसार भन्दै एक पटक यो भवनको लागत अनुमान २ अर्ब ४९ करोड बनाइएको थियो । हाल पुन लागत अनुमान बढाएर ४ अर्ब ६८ करोड पुर्याइएको हो ।
ठेक्का सेटिङकै लागि पटक पटक लागत अनुमान परिवर्तन भएको छ । चालु आर्थिक वर्षमा २५ करोड बजेट विनियोजन यो ठेक्कामा सेटिङ मार्फत कम मुल्यमा निर्माण गर्ने ठेकेदारलाई पाखा लगाउन मन्त्री बुढाले चलखेल गरेका छन् ।
नेकपा एमालेबाट मन्त्री बनेका बुढाले रसुवा कन्स्ट्रक्सनका मालिक मोहन आचार्य र अच्युतकृष्ण खरेलको समानान्तर निर्माण सेवासँग सेटिङ गरेर उनीहरुलाई नै पार्ने चलखेल गरेका छन् । स्रोतका अनुसार कर्मचारीसँग समेत बुढाले ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म कमिशनको चलखेल गरिरहेका छन् । मन्त्ती बुढााले प्रदेश भौतिक तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुन कुमार बम र बरिष्ठ सिडिई रमेश सुवेदीलाई ठेक्का सेटिङको पार्टनर बनाएका छन् ।
जेनी आन्दोलनपछि बनेको वर्तमान सरकारलाई समेत बद्नाम गर्न मन्त्री बुढा लागि परेको प्रदेश सरकारकै एक अधिकारीले बताए । उनका अनुसार उनले हालै बनेको सरकारका उच्च अधिकारीलाई समेत कमिशन दिनुपर्ने भन्दै कर्मचारीसँग वार्ता गर्ने गरेका छन् ।