काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) प्यूठानका प्रत्यक्षतर्फका उम्मेदवार श्यामलाल गहतराजले आफ्नो उम्मेदवारी निष्क्रिय गरेका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै उनले आफ्नो उम्मेदवारी निश्किृय गरिएको बताएको हुन् ।
उनले विज्ञप्तिमा उम्मेदवारी किन निष्क्रिय पारिएको हो भन्ने स्पष्ट कारण उल्लेख गरेक छैनन् । यद्यपि, पार्टीले आम मतदातालाई समानुपातिकतर्फ ‘आँखा’ चुनाव चिन्हमा मतदान गर्न हार्दिक अनुरोध गरेको छ। साथै, प्यूठानी जनताको सेवामा सधैं समर्पित रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
पार्टीका तर्फबाट श्यामलाल गहतराजले हस्ताक्षर गरी जारी गरिएको उक्त विज्ञप्तिमा सम्पूर्ण शुभेच्छुक तथा मतदातालाई आग्रह गरिएको छ कि प्रतिनिधि सभातर्फ प्रत्यक्ष उम्मेदवारी निष्क्रिय भए पनि समानुपातिकतर्फ पार्टीलाई समर्थन गरियोस्।
यससँगै प्यूठानको निर्वाचन समीकरणमा नयाँ चर्चा सुरु भएको छ।