
काठमाडौँ । नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ३ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो ।