नारायणगढ-मुग्लिङ सडकखण्ड भोलिदेखि दैनिक ५ घण्टा बन्द हुने

दियोपोस्ट संवाददाता

काठमाडौँ । नारायणगढ-मुग्लिङ सडक खण्डको तुईन खोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न सडक बन्द गरिने भएको छ । भोलि (आइतबार) देखि अर्को सूचना जारी नभएसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन बन्द गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

पहिरो रोकथामको काम अघि बढाउन लागिएकाले जोखिमलाई मध्यनजर गर्दै दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

सडक बन्द हुने समयमा नारायणगढ-मुग्लिङ सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ । तर, काठमाडौँबाट मुग्लिङ हुँदै आँबुखैरेनी भएर पोखरा जाने सडकमा भने सवारी आवागमन नियमित रहने प्रशासनले जनाएको छ ।

सडक बन्दका कारण यात्रुमा पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै यात्रु तथा चालकलाई समय मिलाएर यात्रा गर्न अनुरोध गरेको छ ।

सम्बन्धित खबर

सिफारिस

×