देशभर २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १४२ घाइते

दियोपोस्ट संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टाभित्र देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने १४२ जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार सबैभन्दा बढी मृत्यु सुदूरपश्चिम प्रदेशमा भएको छ । जहाँ ३ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका छन् ।

त्यसैगरी मधेश प्रदेशमा २ जनाको मृत्यु र २९ जना घाइते तथा गण्डकी प्रदेशमा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।

घाइतेको संख्याका आधारमा कोशी प्रदेश र मधेश प्रदेशमा सबैभन्दा बढी समान २९-२९ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा २३ जना, बागमती प्रदेशमा १५ जना, लुम्बिनी प्रदेशमा १३ जना र कर्णाली प्रदेशमा १० जना घाइते भएका छन् । यी पाँच क्षेत्रमा २४ घण्टामा मृत्यु भने शून्य रहेको देखिएको छ ।

×