प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ, डिस्चार्ज भएर बालुवाटार हिँडे, एक हप्तापछि फलोअप !

diyopost.com
Diyo post  शुक्रबार, कार्तिक १६, २०७५ | १८:५२:४४

काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वस्थ भएका छन् । कार्तिक १२ गतेदेखि महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचार गराई रहेका  उनी डिस्चार्ज भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएका छन् ।

रूघा, खोकी र छातीमा संक्रमण भएपछि गत सोमबार बिहान मनमोहन काडियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । पाँच दिन लामो उपचारपछि प्रधानमन्त्री ओली डिस्चार्ज भएको उपचारमा संलग्न चिकित्सकले बताए । बिहीबारको रिपोर्टले डिस्चार्ज दिन उचित भएको देखिएको थियो ।

 

अधिकारीका अनुसार ओलीलाई पुर्ण स्वास्थ्य लाभ भएको छ ।

सम्बन्धित खबर