च्याम्पियन्स लिगमा ठूला क्लबकै दबदबा

दियो पोस्ट  

काठमाडौं,मंसिर १२ । च्याम्पियन्स लिगमा गएराती भएका खेलमा ठूला क्लबले नै जित दर्ता गरेका छन् । गएराती भएका खेलमा रियल म्याड्रिडले एएस रोमालाई २–०, युभेन्टस्सले भ्यालेन्सियालाई १–०, बायर्नले बेनिफिकालाई ५–१, म्यानचेस्टर युनाइटेडल योंगस ब्वाइजलाई १–० गोल अन्तरले पराजित गर्न सफल भएका हुन् । जितसँगै विजेता सबै टिमले लिगको अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

रोकियो सिटी
अन्य ठूला क्बलले नतिजा आफ्नो पक्षमा पारे पनि प्रिमियर लिगको लिडर म्यानचेस्टर सिटी भने रोकिएको छ । गएराती भएको खेलमा सिटी फ्रान्सेली लियोनसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीमा रोकिए पनि सिटीले अन्तिम १६ मा लगभग ठाउँ बनाइसकेको छ ।

महत्वपूर्ण खेल हुँदै
आज राती १ बजेर ४५ मिनेटमा हुने पिएसजी र लिभरपुलको खेल पनि निक्कै रोचक र महत्वपूर्ण हुँदैछ । यी दुईमध्ये जित्ने टोली अन्तिम १६ मा ठाउँ बनाउने नजिक पुग्नेछन् । हार्ने टोली बाहिरिन सक्छ । यस्तोमा पनि आजको खेल अति नै महत्वपूर्ण छ । नापोली र रेडस्टार बेलग्रेड पनि आजै खेल्दै छन् ।

पिएसजी र लिभरपुलकै समूहमा रहेर नापोलीले ६ अंकसहित पहिलो स्थान कब्जा गरेको छ । आजको खेल जित्दा उसको अन्तिम १६ को सम्भावना बढेर जानेछ । समूह सीमात्र यस्तो देखिएको छ की अन्तिम खेलले मात्र अन्तिम १६ को टुंगो लगाउने देखिएको छ ।