मजदुर संगठनको माग सम्वोधन गर्ने टानको आश्वासन, तत्काल तालावन्दी खोल्न आग्रह (विज्ञप्तिसहित)

diyopost.com
Diyo post  बुधबार, मंसिर १२, २०७५ | १८:१९:०८

काठमाडौँ, मंसिर १२ । विभिन्न मागहरु राख्दै पर्यटन मजदुर संगठनहरुले ट्रेकिङ एजेन्सिज् एसोसियन (टान)को सचिवालयमा लगाएको ताला खोल्न टानले आग्रह गरेको छ । मजदुर हितको लागि टान हरपल तत्पर रहेको जानकारी गराउँदै मजदुरको जायज मागहरुको सम्वोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै तत्काल ताला खोल्न आग्रह गरेको हो ।

वुधबार एक विज्ञप्ति जारि गर्दै टानले ताला लगाएर समस्याको समाधान नहुने जानकारी गराउँदै तत्काल वार्ताको लागि समेत आह्वान गरेको हो । दैनिक भैपरी आउने काम तथा संस्थाको महत्वपुर्ण कामहरुपनि प्रभावित भएको र यसबाट टान र मजदुर संगठन दुबैलाई फाइदा नपुर्याउने बताउँदै वार्ताको लागि आह्वान गरेको हो ।
टानको बुधवार बसेको बैठकले अध्यक्ष नवराज दाहालको नेतृत्वमा एक वार्ता टोली समेत गठन गरेको छ र आन्दोलित पक्षलाई तत्काल वार्ताको लागि आह्वान गरिएको छ ।

विज्ञप्ति:

 

सम्बन्धित खबर