हेटौँडालाई नै प्रदेश ३ को स्थायी राजधानी तोकिनुपर्छः राप्रपा अध्यक्ष थापा

दियो पोस्ट  

 

काठमाडौँ, मङ्सिर १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश नं ३ को राजधानी हेटौँडा तोक्नका लागि आफ्नो पार्टीले सबै दललाई सहमति र विश्वासमा लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

मकवानपुरे समाजका अध्यक्ष अरुणकुमार गुरुङको नेतृत्वमा केन्द्रीय कार्यालयमा सो विषयमा ध्यानाकर्षण गराउन गएको प्रतिनिधिमण्डलसँगको छलफलमा अध्यक्ष थापाले सो स्थानलाई राजधानी बनाउन सबै दलका शीर्ष तहका नेता सकारात्मक रहेको बताउँदै सरकारले निर्माण गर्ने दू्रतमार्ग, धरान चतरा राजमार्ग, हेटौँडा काठमाडौँ सुरुङ मार्गका कारण हेटौँडालाई सबैतिरबाट सडक सञ्जाल जोड्न सकिने बताए ।

हेटौँडा भौगोलिक, भौतिक एवं हावापानीको दृष्टिकोणलेसमेत उपयुक्त भएको बताउँदै उनले भविष्यमा हेटौँडा अत्यन्त सम्भावना बोकेको स्थान हुने हुँदा तत्कालीन समयमा उक्त शहरलाई प्रदेशको अस्थायी मुकाम तोक्न आफूले भूमिका निर्वाह गरेको बताएका छन्। सबै दलले हेटौँडालाई राजधानी बनाउन सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सिफारिस