भोली विहान ८ बजेसम्म जोर विजोर प्रणाली हटाइयो, यस्तो आयो नयाँ सुचना

Diyo post  

काठमाडौं । काठमाडौंमा सञ्चालन भइरहेको एशिया प्यासिफिक समिटलाई मध्यनजर गर्दै ट्राफिक प्रहरी महासाखाले सवारी साधनलाई व्यवस्थित बनाउन जोर आजदेखि जोर विजोर प्रणाली लागु गरेको थियो । मंसिर १४ देखि असार १७ गतेसम्म चल्ने सम्मेलनमा सहभागी हुने भिआइपी पाहुनाको सवारी व्यवस्थापन गर्न जोर विजोर प्रणाली लागु गरेको भएता पनि आजै बेलुका देखि नयाँ नियम लागु भएको छ ।

महासाखाले आज बेलुका ८ बजेदेखि भोली मंसिर १४ गते विहान ८ बजेसम्म भने जोर विजोर प्रणाली लागु नहुने बताएको छ ।

विहिबार महासाखाले विजोर नम्बरलाई मात्रै चल्न दिने नियम बनाएको थियो । भोलीको दिन जोर नम्बर चल्ने भएता पनि विहान ८ बजेसम्म भने विजोर नम्बरका सवारी साधन पनि चलाउन पाइने छ ।

सम्बन्धित खबर