पाल्पाको स्वास्थ्य परीक्षण शिविरमा २४० जनाले सेवा लिए

diyopost.com
Diyo post  शुक्रबार, मंसिर १४, २०७५ | १३:०८:३८

 

बेझाङ, मंसिर १४ । पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तिलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन् ।

शिविरमा क्याप्टेन डा विजयप्रकाश श्रीवास्तव र डा झपिन्द्र ढकालसहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिएका हुन् । नेपाली सेना गोरखदल गण पाल्पाले गाउँपालिकाको व्यवस्थापन र समन्वयमा सैनिक नागरिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले शिविर आयोजना गरेको हो ।

शिविरमा मुटु, मधुमेह, पेटसम्बन्धी उपचार गरिनुका साथै निःशुल्क औषधिसुमेत वितरण गरिएको छ । ग्रामीण क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको पालिका अध्यक्ष सन्तोष थापामगरले बताएका छन् । स्थानीयस्तरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा त्यहाँका नागरिक खुशी भएका छन् ।

सम्बन्धित खबर