अफगानिस्ताको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु

Diyo post  

 

काबुल, १४ मङ्सिर । प्रायः अशान्त भइरहने अफगानिस्तानको दक्षिणी प्रान्त हेलमन्डमा मङ्गलबार भएको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु भएको छ ।

मारिएका यी सर्वसाधारणमा १० बालबालिका र आठ महिला रहेका छन् । अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघ मिसनले शुक्रबार सो जानकारी दिएको छ ।

हेलमन्ड प्रान्तको गर्मसेर जिल्लामा तालिबान लुकेर बसेको आशंकामा सरकारी सुरक्षाफौजले गरेको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य तीनजना घाइते भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघको सहयोग मिसन ९युएनएनएमए० द्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

शुरुमा दिइएको एक रिपोर्टअनुसार यस कारबाहीमा करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय सैन्य बलको संयुक्त सहभागितामा लुकेर बसेका तालिबानी आतङ्ककारीविरुद्ध यो हवाई कारबाही गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

आतङ्ककारी–लक्षित यस कारबाहीमा गल्तीबस सर्वसाधारण मारिएका हुनाले अनुसन्धान शुरु गरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

सन् २०१७ को यसै अवधिमा भएका हवाई कारबाहीमा भएको नागरिक हताहतको तुलनामा यस वर्ष बढेको मिसनले जानकारी दिएको छ ।

यस वर्षको जनवरी १ देखि सेप्टेबर ३० सम्म आतङ्ककारी लक्षित हवाई कारबाहीका छसय ४९ सर्वसाधारणको मृत्यु भएको जनाइएको छ । यो सङ्ख्या सन् २००९ देखि हालसम्मकै सबैभन्दा बढी भएको युएनएनएमएले जानकारी दिएको छ ।

सम्बन्धित खबर