एसिया प्रशान्त सम्मेलनस्थल होटल हायातः यसरी सजाइएको छ गेटदेखि हलसम्म (फोटोफिचर)

diyopost.com
Diyo post  शुक्रबार, मंसिर १४, २०७५ | १९:१०:१९

काठमाडौँ, मंसिर १४ । शनिबारदेखी शुरु हुने एशिया प्रशान्त सम्मेलनमा भाग लिनको लागि ४५ वटा देशबाट करिब १५ सय विशिष्ट व्यक्तिहरु काठमाडौँ आइसकेका छन् । सम्मेलन स्थल राजधानीको हायात होटल यतिबेला तामझामले सजाईसकिएको छ ।

ह्यात प्रवेशद्वारको मुल सडकमा भब्य प्रवेशद्वार बनाइएका छन् । ह्यातको मुख्य गेटबाट प्रवेश गरेपछि होलको जताततै फूलैफूलले आगन्तुकको स्वागत गर्दछन् । विजुलीका पोलहरु सबै फुलले ढाकिएका छन् । होटलको वरपर ढुंगा विच्छ्याइएका सिँढीहरुमा समेत रेड कार्पेट विच्छ्याइएको छ । होटल प्रवेशका क्रममा प्रधानमन्त्री केपी ओलीको फोटोसहित ‘सम्मेलनमा सहभागीलाई स्वागत’ लेखिएको ठूलो होर्डिङ बोर्ड देखिन्छ ।

त्यसपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, सम्मेलन आयोजक समितिका अध्यक्ष माधवकुमार नेपाल, युनिभर्सल फिस फेडरेशन अन्तराष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स, युपिएफ नेपालका अध्यक्ष एकनाथ ढकाल, फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथै आइएपिपिका अन्तराष्ट्रिय सहअध्यक्ष जोसे डे भेनेसिया जुनियरलगायतका विशिष्ट ब्यक्तित्वहरूको फोटोसहित ‘सहभागीलाई स्वागत’ लेखिएका ठूला होर्डिङ बोर्डहरु देख्न सकिन्छ ।

शिखर सम्मेलनमा सहभागी हुन बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू गरी ४५ मुलुकका १५०० जना विदेशी पाहुना आइसकेका छन् ।

 

सम्बन्धित खबर