होटल क्षेत्रमा वैदेशिक लगानी बढ्यो

होटल क्षेत्रमा वैदेशिक लगानी बढ्यो

काठमाडौं, कार्तिक २२ । नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा मुलुकको होटलक्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग ९होटल तथा रेष्टुराँ० मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शत्प्रतिशत लगानी वृद्धि भएको छ ।

विदेशी लगानीतर्फ चालू आवको तीन महिनामा ७७ उद्योगले स्वीकृति पाएका छन् । यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन् । सेवातर्फ २५, उत्पादनका सात, सूचना प्रविधिसम्बन्धी छ र कृषि, वन पैदावारका एक उद्योग रहेका छन् । उपयुक्त परियोजनाका लागि रु ११ अर्ब ३६ करोडको प्रतिबद्धता आएको विभागले जनाएको छ । यसबाट चार हजार २९२ रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ । गत वर्षको सोही अवधिमा रु चार अर्ब ८३ करोड ५२ लाख विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काले चालू आवको पहिलो तीन महिनामा उत्साहवद्र्धक रुपमा विदेशी लगानी प्रतिबद्धता आएको बताए । अघिल्लो आवको सोही अवधिको तुलनामा अहिले शत्प्रतिशत लगानी बढेको उनले बताए ।

उद्योग विभागको आँकडाअनुसार नेपालमा होटल तथा रेष्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।

चालू आवको पहिलो तीन महिना विभागमा दर्ता भएका ३९ वटा होटल तथा रेष्टुराँमध्ये ३६ वटा होटल तथा रेष्टुराँमा चिनियाँ लगानी प्रतिबद्धता आएको छ । आर्थिक रुपमा करीब रु सात अर्ब चिनियाँ व्यवसायीले लगानी गर्नेछन् ।

यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

विभागको विवरणमा चिनियाँ लगानीका दुई तारे होटल तथा रेष्टुराँ काठमाडौँ र पोखरामा सञ्चालन गर्ने इच्छा जनाएका छन् ।

भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको होटल क्षेत्रको विशेष योगदान रहन्छ ।

Trending News