
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको आज शिलान्यास भएको छ । जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले भवनको उद्घाटन गरेका हुन् ।
।
रसुवा कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले १४ करोड, ६० लाख ५३ हजार ५सय १५रुपैँयाको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको छ । भवन निर्माणको उद्घाटन काक्रममा बोल्दै प्रमुख शिवसुन्दर राजवैद्यले जिल्ला समन्वय समितिसंग भवन निर्माणका लागि सम्झौता गरी भवन निर्माणको कार्य थालनी गर्ने पहिलो नगरपालिका भएको बताए । पहिलो नगरपालिका भएको प्रति खुसी ब्यक्त गर्दै उनले सबै जनालाई बधाई दिए । कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले भवन निर्माण पश्चात दैनिक सेवाग्राहीलाई सहज हुने बताए ।
कार्यक्रममा नगर उपप्रमुख लिशा नकर्मी, जिल्ला समन्व्य समितिका उपप्रमुख एवं सदस्यहरु, नगरपालिकाका वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु, नगर सदस्यहरु, नगरस्तरीय राजनैतिक पदका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, सार्वजनिक विद्यालयका प्रधान अध्यापकहरु, वैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, संचारकर्मीहरु एवं स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।


