नख्खु कारागारबाट भागेका भारतीय कैदीबन्दी विराटनगरबाट पक्राउ

दियोपोस्ट संवाददाता  

जेनजी आन्दोलनको क्रममा काठमाडौँको नख्खु कारागारबाट भागेका एक भारतीय कैदीबन्दीलाई प्रहरीले तीन महिनापछि विराटनगरबाट पक्राउ गरेको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका भारतीय नागरिक ५५ वर्षीय निपुन गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते भदौ २४ नख्खु कारागारबाट फरार भएका थिए ।

आन्दोलनको क्रममा सिर्जना भएको असहज परिस्थितिको फाइदा उठाउँदै उनी भाग्न सफल भएका थिए ।

लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित एक स्थानमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचना प्रहरीले पाएको थियो ।

सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

सिफारिस