प्रधानमन्त्री कार्कीद्वारा चौथोपटक मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्री थपिदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल बिस्तार गर्न लागेकी छन् । कार्कीले आज चार जना मन्त्री थप्दै आज चौथो पटक मन्त्रीमण्डल गर्न लागेकी हुन् ।

मन्त्रीमण्डल विस्तारका लागि चार जना मन्त्रीहरूका नाम राष्ट्रपतिसमक्ष पेश भइसकेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार चारै जना नयाँ मन्त्रीहरूलाई आजै शपथ ग्रहण गराउने तयारी भएको छ ।

सिफारिस गरिएका नयाँ मन्त्रीहरूमा राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं तथा कुमार इङ्नाम रहेका छन् ।