बुल्गेरिया पठाइदिन्छु भन्दै ८ लाख ठगी गर्ने व्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । उच्च तलबको प्रलोभन देखाएर बुल्गेरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । चितवन माडी–५ घर भई हाल टोखा नगरपालिका–९ बस्ने ५० वर्षीय ज्ञानराज सुवेदी पक्राउ परेका हुन् ।

सुबेदीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले सुवेदीलाई काठमाडौं महानगरपालिका–९ गोंगबु क्षेत्रबाट बिहिबार पक्राउ गरेको हो।

वैदेशिक रोजगारीको नाममा एक व्यक्तिबाट ८ लाख रुपैयाँ उठाई सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् ।

सुवेदीलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।