प्रहरीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट एक लाख नागरिक लाभाविन्त

दियो पोस्ट  

सुर्खेत, मंसिर १५ । प्रहरीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट एक लाख नागरिक लाभाविन्त भएका छन् । प्रहरीले गाउँ, टोल विभिन्न बस्ती समुदायमा सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट पहिलो चौमासिकसम्ममा मात्र एक लाख एक हजार नागरिक लाभान्वित भएका हुन् ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट ६० हजार र सामाजिक अपराधविरुद्ध जिङ्गल प्रसारणबाट ३० हजार नागरिक लाभान्वित भएको प्रहरी उपरीक्षक रजौरेले बताए।

त्यस्तै सवारी दुर्घटना तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रमबाट नौ हजार ४७५, नागरिक सुनुवाइ कायक्रमबाट एक हजार ५०० गरी कूल एक लाख एक हजार नागरिक लाभान्वित भएको उनले बताए ।

त्यसैगरी प्रहरीले वीरेन्द्रनगर, लेकबेँसी, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकामा समुदाय साझेदारीपत्रमा हस्ताक्षर कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ ।(रासस)