एकै दिनमा एउटै विमान कम्पनीमा १४ उडान रद्ध

Diyo post  

नयाँ दिल्ली, मङ्सिर १७ । भारतको निजी विमान सेवा प्रदायक कम्पनी जेट एयरवेजका सोमबार एकै दिन १४ ओटा उडान रद्ध भएका छन् ।

तलब लगायतका पाउनु पर्ने विभिन्न सेवाहरु नपाएको भन्दै आन्दोलन स्वरूप विमान चालकहरुले विरामी भएको बताउँदै उडान रद्ध गरेका हुन् ।

स्थानीय सञ्चार माध्यमअनुसार गत अगस्तदेखि यस कम्पनीले घाटामा गएको भन्दै वरिष्ठ व्यवस्थापकहरू, चालक, इन्जिनियरलगायतलाई तलब दिएको छैन ।

उडानहरू रद्ध भएपछि कम्पनीले एक वक्तव्य जारी गर्दै अप्रत्यासित रूपमा उडान सेवा दिन नसकिएको जनाएको छ ।

विषेश परिस्थिति र विमान चालकहरूको असहयोगका कारण विमान सेवा सुचारु हुन नसकेको भन्दै कम्पनीले विमान चालकहरूलाई दोष दिएको छ ।

कति उडान रद्ध भएका छन् भन्ने बारेमा भने कम्पनीले वक्तव्यमा केही उल्लेख नगरेको समाचारमा जनाइएको छ ।(रासस/सिन्ह्वा)

सम्बन्धित खबर