फेसनेबल पुरुषले साचिरहने एउटा विषय हो, हेयर स्टाइल । कस्तो फेसका लागि कस्तो हेयर स्टाइल सुहाउछ भन्नेबारे पनि धेरै अन्योलमा हुन्छन् । त्यसैले , याहाँ पुरुषको हेयर स्टाइलका विषइमा चर्चा गरिएको छ ।
१, व्याग्स हेयर कट
ब्याग्स अर्थात फ्रिन्ज निकै फेसनमा छ । विशेषगरी, कलेजका विद्यार्थीले यस्तो कटलाई बढि मन पराउछन् । यसले क्लासिक लुक्स दिन्छ । एक साइडमा छोटो ट्रिम गरेर साइडमा लामो राख्नेलाई ब्याग्स हेयर कट भनिन्छ । यस्तो हेयर स्टाइल पातलो र क्युट अनुहार भएकालाई सुहाउछ , स्ट्रेट र साइनी कपाल भएकालाई पनि निकै म्याच गर्छ ।
२ , अन्डर कट पोनी हेयर स्टाइल
यो कटमा दुवै साइटको कपाल राम्रोसँग ट्रिम गरिन्छ । बिच भागको कपाल अलि लामो हुन्छ । यस्तो कट युवा पुस्ताको रोजाइमा छ ।
३ , कम्ब ओभर फेड हेयर कट
यस्तो हेयर स्टाइल स्ट्रेट र कर्ली दुवै प्रकारको कपाल भएकालाई सुहाउँछ । यसमा अन्डर कट गरिएको हुन्छ । बीच भागको कपाललाई पनि थोरै छोटो बनाइन्छ । बाक्लो कपाल हुनेहरुका लागि यो उपयोगी हुन्छ ।
४ , डापर हेयर कट
दुवै साइडको कपाललाई छोटो बनाउने कट सामान्य हो । यसलाई थोरै परिवर्तन गरेर क्लासिक वा स्टाइलिस लुक्स दिइन्छ । यसलाई अन्डर कट हेयर दोस्रो साइडमा हल्का लामो बनाइन्छ । यसले पर्फेक्ट लुक्स दिन सहज हुन्छ ।
५ , मेन्स हेयर कट
पछिल्लो समय यस्तो हेयर कट पनि निकै प्रचलनमा छ । युवाहरुले यसको बढी प्रयोग गर्छन् । यसमा कपाल ट्रिम गरेपछि फरक लुक्स दिइन्छ । हिन्दी फिल्म गजनीको नायकबाट प्रभावित भएर यस्तो लुम्स दिने गरेको पाइन्छ ।
६ , मेडर्न हेयर कट
यस्तो कटमा अगाडिको कपालमा बढी प्राथमिकता दिइन्छ । यसलाई हेयर स्टाइल प्रडक्टको मद्दतले थोरै हेभी पनि देखाइन्छ र अरु सबै कपाल छोटो पारिन्छ । यस्तो स्टाइल युवा वा उमेर पुगिसकेकालाई पनि सुहाउँछ ।