लिबियाको पश्चिमी तटीय क्षेत्रका १५ आप्रपासीको मृत्यु

Diyo post  

त्रिपोली, मङ्सिर १९ । लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ ।

गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको ‘द लिबयान रेड क्रिसेन्ट’ले बिहीबार जानकारी दिएको छ ।

एउटा रबर–निर्मित डुङ्गामा गैरकानुनी रुपमा सवार २५ जना आप्रवासीमध्ये १५ जनाको डुबेर मृत्यु भएको छ भने अन्य १० जनाको उद्धार गरिएको लेबनान रेड क्रिसेन्टका प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई बताएको हो ।

हजारौं आप्रवासीहरु गैरकानुनी रुपमा भूमध्यसागर हँुदै लिबियाबाट युरोेप पुग्ने गरेका छन् ।(रासस/सिन्ह्वा)

सम्बन्धित खबर