सुनकाण्ड तथा सनम शाक्य हत्या प्रकरणः निलम्वित सई सञ्जेललाई साधारण तारेखमा रिहाई गर्न अदालतको आदेश

Diyo post  

काठमाडौँ, मंसिर २० । हजारौँ किलो सुन तस्करी प्रकरण तथा भरिया सनम शाक्यको हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका नेपाल प्रहरीका निलम्वित सई बालकृष्ण सञ्जेललाई साधारण तारेखमा रिहाई गर्नका लागि उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

विहीबार न्यायधीश थीरबहादुर कार्की र जनकराज पाण्डेको संयुक्त इजलासले सञ्जेललाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला अदालत मोरङले गत जेठमा गरेको आदेश रीतपुर्वक नदेखिएको ले अभियुक्त्त सञ्जेललाई साधारण तारेखमा बाहिर बसेर पुर्पक्ष पाउनेगरि अदालतले छाड्न अन्तिम आदेश दिइएको हो ।

जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै रितपुर्वकको आदेश माग गर्दै गत १६ साउनमा सञ्जेलले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उनको निवेदन उपर २५ पटक पेशी सरेपछि २६ औं पटकमा उच्च अदालतले अन्तिम आदेश दिएको हो ।

जिल्ला अदालत मोरङ सुन तस्करी र शनम शाक्य हत्या आरोपमा पुर्पक्षकालागि कारागार पठाउन आदेश गरेकाहरु मध्ये अझै १४ जना थुनुवाहरुको निवेदनमा उच्च अदालत विराटनगरबाट अन्तिम आदेश हुन बाँकी छ । हालसम्म उच्चमा निवेदन गर्ने मध्ये ९ जना अन्तिम आदेशबाट थुनामुक्त्त भइसकेका छन् ।

सम्बन्धित खबर