लोकन्थलीमा मोटरसाईकल दुर्घटना, एकको मृत्यु एक घाइते

दियो पोस्ट  

 

भक्तपुर, २० मङ्सिर । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३ प १४१९ नंको मोटरसाइकल दुर्घटनामा भएको छ । तीब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएपछि चालक सिन्धुपाल्चोक जुगल गापा ४ का २३ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको छ ।

मध्यपुरथिमि नपा १ लोकन्थलीस्थित अरनिको राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय राजकुमार श्रेष्ठ भने घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् ।

घाइते श्रेष्ठको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।